Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

एमालेमा मारामार, नेपालले नछाड्ने ओलीले नदिने

नेकपा (एमाले) भित्रको विवाद मिलाएको जस्तो देखाइएपनि भूसको आगो भित्र भित्रै फैलिएको छ । आगो फैलिदै जाँदा नेताहरु एकले अर्कोलाई नटेर्ने र नगन्ने सम्मको अवस्था पैदा भएको छ।

अध्यक्ष रहेको केपी ओलीका कारण पार्टी रसातलमा पुगेको र संविधान कार्यान्वयन हुन नसकी असफल हुन लागेको भन्दै माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, युवराज ज्ञवाली, घनश्याम भुसाललगायतले ओली विरुद्ध जेहाद छेडेका छन्।

ओलीका कारण पार्टीको साख नराम्ररी गिरेको भन्दै एमालेमा ओलीको विकल्प खोजिएको स्रोतको दावी छ । पछिल्लो पटक उपमहासचिव रहेका घनश्याम भुसालले ओलीको राजनीतिक प्रतिवेदन हावादारी र पूर्णत पूर्वाग्रही भएको भन्दै फरक मतसहितको प्रतिवेदन ल्याए।

सो प्रतिवेदन माधव नेपालको योजनामा ल्याइएको भन्दै ओलीले नेपाल पक्षमाथि कटाक्ष गरेका थिए । पार्टीभित्र रहेर पार्टीकै साख गिराउनेहरुलाई कारवाही बाहेक अरु कुनै विकल्प नरहेको भन्दै ओलीले नेपालको धतुरो झारेको बताइन्छ।

ओलीले वर्तमान प्रचण्ड नेतृत्वको सरकारलाई असफल बनाउने नाममा अराजकताको खेती गरेको भन्दै नेपाल पक्षले योजनाबद्ध रुपमा कार्यक्रम अगाडि सारेपछि एमालेमा भुसको आगो दन्किएको खबर जनआह्वान साप्ताहिकले छापेको छ।

घनश्याम भुसालले फरक मत सहितको प्रतिवेदन ल्याउनुले पनि ओलीको पार्टी सत्तामा हमला भएको अर्थको रुपमा लिइएको छ । ओलीको अराजकताका कारण पार्टी धुलीसात हुने अवस्थामा पुगेको भुसालको ठहर छ । नेपालको योजनामा खनाल, गौतमसहितको सहमतिमा उक्त प्रतिवेदन आएको ओली पक्षको आरोप छ।





Comments

comments

Leave a Reply

14544