नैतिक शिक्षा लिंदै अफगानिस्तानमा खटिएका गोर्खा सैनिकहरु…

रोशन मेवाहाङ्ग / एचकेनेपाल डट काम –
काबुल, कार्तिक १२ । नेटो सुरक्षाका लागि अफगानिस्तान कावुलमा खटिरहेका ब्रिगेड अफ गोर्खाज अन्तर्गत सेकेन्ड बटालियन द रोयल गोर्खा राइफल्सका विर जवान तथा अधिकृतहरुले हिन्दू तथा बौद्ध पूजा सम्पन्न गरेका छन्।

बटालियनका कार्यक्रम तालिका अनुसार काबुलस्थित न्यू काबुल कम्पाउण्ड, कार्गा, ताइपन र हमिद कार्जइ अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका गोर्खा सैनिक तथा नेपालबाट कामको सिलसिलामा काबुल आएका नेपालीहरुले भब्य रुपमा हिन्दू तथा बौद्ध पूजा सम्पन्न गरेका हुन्।

कार्यक्रम सम्पन्न गर्ने क्रममा काबुलको विभिन्न ठाँउमा विशेष प्रकारले पूजा आराधाना गरिएको थियो। कार्गा्िस्थत क्याप्टेन कृष्ण लोकसम, न्यू काबुल कम्पाउण्डमा सर्पोट कम्पनीका सेकेन्ड इन कमान्ड क्याप्टेन मिलन चन्द्र राई, विमान सुरक्षामा खटिएका ताइपन समूहका कमान्डर कलर सार्जन्ट योगेन्द्र राई र विमानस्थलमा रहेका वारेन्ट अफिसर कैलाश खेवाङको संयोजकत्वमा पूजा आराधाना गरिएको हो। पूजा आराधानाको प्रमुख संयोजक रेजिमेन्टल सार्जन्ट मेजर वारेन्ट अफिसर वान संगम राईले काबुलस्थित बिभिन्न स्थानमा रहेका गोर्खा सैनिकहरु बिच उच्च पदाधिकारीहरुलाई भ्रमण गराएका थिए।

कार्गा्स्थित इस्लाम धर्म गुरु जानका र मेजर निमुक तुल्ला, अमेरीकन, अस्टेलियन , व्रिटिस इशाइ धर्म गुरुहरु र ब्रिगेड अफ गोर्खाजका हिन्दु र बौद्ध धर्म गुरुहरु वीच धर्म सम्बन्धी अन्तरक्रिया गरेका थिए। उक्त अन्तरक्रियाको निचोड भने ’मानवता विना कुनै धर्मको अस्तित्व नरहने र मानव धर्म नै सम्पूर्ण धर्मको जग रहेको’ विषयमा सबै धर्म गुरुहरु सहमत भएको लामा धर्म गुरु केशाङ्गले जानकारी दिए।

अफगानिस्तानमा कार्यरत जवान तथा अधिकृतहरुलाई मोरल सर्पोट गर्नका लागि उक्त बटालियनका गोर्खा मेजर मे० गजेन्द्र आङ्गदेम्बे, दरबन्दी विभागका प्रमुख क्याप्टेन डिल्लीकुमार राई, रेजिमेन्टका पण्डित शंकरमणि नेपाल, लामा धर्म गुरु केशाङ्ग घले र विएफविएस गोर्खा रेडियोका प्रस्तोता योगराज राई बेलायतबाट आउनु भएको थियो।

काबुलमा कार्यरत सम्पूर्ण गोर्खा सैनिकहरुको कार्य सफलताको लागि पण्डित नेपालले दुर्गा पुजा आराधाना गराए भने लामा गुरु घलेले बौद्ध धर्म पराम्परा अनुसार पूजा सम्पन्न गरेका थिए।

लामा गुरु केशाङ्गले ‘समयको महत्व र हरेक समय सहि तरिकाले प्रयोगमा ल्याउन सके हरेक पल जीवनलाई उन्नती, शिर्जनशील र विकासमय बनाउन सकिने’ सम्भावनाको विषयमा चर्चा गर्नु भएको थियो । उहाँको प्रवचन अनुसार जीवनमा कहिले सम्भावना पाहुनाको रुपमा आइदिन्छ भने कहिले आफैले सम्भावना पैदा गर्नु पर्नेमा जोड दिनु भएको थियो।

‘जे जति जीवनका समय र पलहरु जसरी बिते पनि बाँकी रहेको जीवनलाई जसरी एउटा बटुवाले पोखरीमा फ्याकिरहेका पत्थरहरु मोतीको दाना भएको कुरा अन्तिम एउटा टुक्रा रहदा मात्र थाहा पाए, जुन घडीमा आफूसंग एउटा मात्र मोतीको दाना बचेको थियो त्यस्तै जीबनको बचेको बाँकी समयलाई मोति झैँ अमूल्य सम्झेर सहि सदुपयोग गर्नु पर्छ’ भन्ने उपदेश दिनु भयो।

त्यसैगरी पण्डित शंकरमणिले भने ‘संघर्षबाट नै सफलता प्राप्त हुन्छ’ ‘ढुङ्गा र ढुङ्गाकै मूर्तिको तुलना गदै संघर्षलाई निरन्तर जारी राखे सफलता अवश्य प्राप्त हुन्छ’ भन्ने प्रेरणा प्रदान गर्नु भएको थियो।

अरबौं पटक छिनुले खोपेको पत्थरबाट बनेको आकार नै देवताको प्रतिमूर्तिको रुपमा मानिए झैं हामी पनि हजारौं ठक्करहरुबाट बिजय गरेर पाएको जीवन नै पूर्ण र सफल जीवन हो भन्ने ज्ञानोपदेश पण्डित नेपालले दिनु भयो।

पण्डित नेपाल र लामा धर्म गुरु घलेले मन्त्रोच्चारण पूर्वक कार्य सफलताको कामना गर्नु भएको थियो । त्यसैगरी बटालियनका प्रमुख लेप्टेन कर्णेल जे. सि. मुरे र गोर्खा मेजर मे० गजेन्द्र आङ्गदेम्बेले गोर्खा सैनिकहरुलाई नेपाली पर्व तिहारको शुभकामना सन्देश दिएका थिए । सम्पूर्ण गतिविधिहरुलाई विएफविएस रेडियो प्रस्तोता योगराज राईले गोर्खा रेडियो मार्फत प्रत्यक्ष प्रसारण साथै सो कार्यक्रमका तस्विरहरु क्यामेरामा कैद गरेका थिए।





Comments

comments

Leave a Reply

14785