Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कोरियामा एक नेपालीलाई मानार्थ नागरिकता प्रदान

रोशन भट्टराई –
सउल, सोल महानगरपालिकाले हरेक बर्ष अक्तुबर २८ तरिखका दिन दुई देश विचको संस्कृति आदान-प्रदान, सामाजिक, अर्थिक क्षेत्रमा बिशेष योगदान पुर्याए बापत कोरियामा बसोबास गने बिदेशीलाई सम्मानसहित मानार्थ नागरिकता प्रदान गर्ने गर्दछ।

यस बर्षको सम्मानसहित मानार्थ नागरिकता प्राप्त गने नेपाली नागरिकमा बिगत लामो समयदेखि कोरियामा ब्यवसाय गर्दै आउनु भएका हर्क मान (भिम)गुरुङ हुनुहुन्छ। सोलका महानगरपालिका नगरप्रमूख पार्क वोन सुनले गुरुङलाई सम्मानसहित मानार्थ नागरिकता प्रदान गर्नु भएको थियो।

एभरेष्ट ग्रुप कोरियाका संस्थापक गुरुङले कोरियामा रेष्टुरेण्ट चेन ट्राभल र ट्रेडिङ तथा नेपालमा ब्लाक याक नेपाल भनेर कोरेयन आउट डोरसहित अन्य कोरियन ब्रान्ड पनि सन्चालनमा ल्याउनु भएको छ। त्यस्तै गरी अम होङ गिल फाउन्डेसनमा स्थापना कालदेखि नै सल्लाहकारको रुपमा कार्य गर्दै आउनुभएको छ। अम होङ गिल फाउन्डेसनले नेपालका बिभिन्न स्थानमा स्कुल निर्माण गर्ने कार्य गर्दै आएको छ। त्यस्तै गरी कोरियन डाक्टर सोसाइटीमा आवद्ध रहेर नेपालका बिभिन्न स्थानमा स्वास्थ्य सम्बन्धी शिविर सञ्चालन गर्ने कार्यमा मुख्य योगदान गर्दै आउनु भएको छ। त्यस्तै गरी ब्ल्याक याक नेपाल फोउन्डेशनको संचालक रहेर नेपालमा शिक्षा, स्वास्थ र बातावरण सम्बन्धी क्षेत्रमा कार्य गर्दै आउनु भएको छ।

नेपाल र कोरियाबीच संस्कृति आदान-प्रदान, सामाजिक र अर्थिक क्षेत्रमा योगदान पुर्याए बापत गुरुङलाई सम्मानसहित मानार्थ नागरिकता प्रदान गरेको हो। हामीले गुरुङसँग कुरा गर्दा यो सम्मान मेरो मात्रै नभएर कोरियामा बसोबस गर्ने सम्पूर्ण नेपाली र नेपालको सम्मान भएको र आगामी दिनमा आझ सशक्त रुपमा लागि पर्ने बताउनु भयो।

गुरुङसहित यो मानार्थ नागरिकता पाउने नेपालीको संख्या पाँच पुगेको छ। यसअघि एनआरएनका आइसिसी प्रतिनिधि के पी सिटौला, एनआरएनका देन्जी शेर्पा वर्तमान अध्यक्ष राजु क्षेत्री, बर्तमान उपाध्यक्ष जुनु गुरुङले पनि मानार्थ नागरिकता प्राप्त गरिसकेका छन्।





Comments

comments

Leave a Reply

14783