अमेरिकी राष्ट्रपतिमा ट्रम्पले नै किन जिते ? जितका पाँच कारण

१. डेमोक्र्याटिकप्रति चरम असन्तुष्टि-
डेमोक्र्याटिक पार्टी मध्यपश्चिमका अधिकांश राज्यमा निर्भर थियो। दशकौँदेखि डेमोक्र्याटिकको पक्षमा रहेका ती राज्यमा अश्वेत र निम्नवर्गीय गोरा मतदाताको बाहुल्य छ । निम्नवर्गीय गोराको कलेज शिक्षा हासिल नगरेको ठूलै समूह पार्टीप्रति निराश थियो । ग्रामीण बासिन्दाको सत्तारुढ पार्टीप्रति चरम असन्तुष्टि थियो। ठूलो संख्यामा मतदाताले निर्वाचन बहिष्कार गरेका थिए, जसको फाइदा ट्रम्पलाई भयो।

२. आक्रामक स्वभाव
निर्वाचन अभियानमा ट्रम्पमाथि यौन दुव्र्यवहारदेखि अशोभनीय अभिव्यक्तिको आरोप लाग्यो । महिलाबारे अश्लील टिप्पणी गरेको भिडियो सार्वजनिक भयो । प्रत्यक्ष तीन बहसमा पनि उनको प्रस्तुतिको आलोचना भयो । तर, ट्रम्पले न माफी मागे न हतास भए । बरु पूर्वविदेशीमन्त्री हिलारीको इमेल काण्डमा उनी झन् आक्रमक भए जसको फाइदा उनलाई मिल्यो।

३. कोमी फ्याक्टर
निर्वाचन अभियानको अन्त्यतिर संघीय जाँच ब्युरो (एफबिआई) का निर्देशक जेम्स कोमीले हिलारी क्लिन्टनका गोप्य इमेल प्रकरण ब्युँताइदिए । एफबिआईले क्लिन्टनलाई सफाइ दिए पनि त्यसले ट्रम्पको पक्षमा बल पुग्यो ।

४. प्रचार शैली
ट्रम्पको प्रचार अभियान अस्वाभाविक थियो । उनले ह्याटमा धेरै खर्च गरे । अहिलेसम्म रिपब्लिकनका उम्मेदवार नपुगेको विसकन्सिन र मिसिगन राज्यमा पुगे । घरदैलोभन्दा बृहत् र्‍याली गरे । उनका चुनावी र्‍यालीमा क्लिन्टनका भन्दा तेब्बर संख्यामा मानिस सहभागी हुने गरेका थिए । निर्वाचन अभियानमा सेलिब्रेटी लगेर हाउभाउ देखाएनन् ।

५. अश्वेतको मत
निर्वाचनमा अश्वेत र आप्रवासीको बाहुल्य भएको राज्यबाट क्लिन्टनलाई अत्यधिक मत खस्ने अनुमान थियो । ल्याटिन अमेरिका र स्पेनिस मूलका अमेरिकीको सम्पूर्ण मत क्लिन्टनलाई जाने अनुमान गरिएको थियो । ट्रम्पको आप्रवासीविरोधी नीतिका कारण पनि धेरै आप्रवासीले उनलाई मतदान नगर्ने भविष्यवाणी गरिएको थियो । तर, क्लिन्टनले अश्वेतबाट अपेक्षाकृत रूपमा मत प्राप्त गर्न नसकेको चुनावपछिको सर्वेक्षणले देखाएको छ । निर्वाचनमा क्लिन्टनलाई ६५ प्रतिशत हिस्पेनिक स्पेनिस मूलका अमेरिकीको समर्थन छ भने ट्रम्पलाई २९ प्रतिशत छ । सन् २०१२ मा ओबामालाई ७१ प्रतिशत हिस्पेनिकको समर्थन थियो । ८८ प्रतिशत अफ्रिकी मूलका अमेरिकीले क्लिन्टनलाई समर्थन गरेको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।





Comments

comments

Leave a Reply

14934