पराजयपछि हिलारीको भावुक भाषण, हो, मन पीडाले भरिएको छ…

हो, मन पीडाले भरिएको छ।

निर्वाचन परिणामसँगै मैले डोनाल्ड ट्रम्पलाई बधाई दिएँ र देशका लागि सँगै मिलेर काम गर्ने बताएँ । ट्रम्प सबै अमेरिकनको सफल राष्ट्रपति हुन्छन् भन्ने मेरो अपेक्षा छ । हामीले यति धेरै मिहिनेत गरेको यो नतिजाका लागि थिएन, म माफी चाहन्छु हामीले यो चुनाव जितेनौँ । हामी सबै मिलेर जुन चुनावी अभियान सम्पन्न गर्‍यौँ, त्यसमा आफूलाई कृतज्ञ महसुस गरेको छु । यो अद्भूत अभियान थियो, तपाईंहरूको उम्मेदवार हुनु मेरो जीवनको सबैभन्दा ठूलो सम्मान थियो।

देशका लागि जुन भिजन हामीले बनाएका थियौँ । तपाईंहरूको उम्मेदवार बन्नु मेरो जीवनको ठूलो खुसी थियो । तपाईंहरूले अहिले जुन निराशा भोगिरहनुभएको छ, त्यो मैले पनि भोगिरहेको छु । त्यस्तै अन्य लाखौँ अमेरिकनहरू पनि निराश छन्, जसले ममा देशको सपना देखेका थिए । यो निकै कष्टकर अनुभव हो । म साँच्चै पीडाले भरिएको छ । तर, म तपाईंहरूलाई के सम्झाउन चाहन्छु भने हाम्रो अभियान एउटा व्यक्तिका लागि तथा एउटा चुनावका लागि मात्र होइन । यो हाम्रो देश अमेरिकालाई अझै राम्रो बनाउनका लागि हो।

हाम्रो देश हामीले सोचेभन्दा धेरै विभाजित भएको छ । तर, अझै पनि म अमेरिकामा विश्वास गर्नेछु र सधैँभरि गरिरहनेछु । तपाईंहरूले पनि विश्वास गर्नुहुन्छ भने हामीले सबैले यो नजिता स्विकार्नुपर्छ र भविष्यमा केन्द्रित हुनुपर्छ । डोनाल्ड ट्रम्प हाम्रो राष्ट्रपति हुन गइरहेका छन् । हाम्रो संवैधानिक प्रजातन्त्रले शान्तिपूर्ण शक्ति हस्तान्तरणको कल्पना गरेको छ । यसको हामी सम्मान मात्र होइन, यसमा खुसी पनि व्यक्त गर्दछौँ । कानुनी शासन, हामी सबै समान हौँ भन्ने सिद्धान्त, वाक् स्वतन्त्रताको पनि हामीले सम्मान गर्छाैँ, कदर गर्दछौँ । हाम्रो संवैधानिक प्रजातन्त्रले सहभागितासमेत माग गर्दछ । हरेक चार–चार वर्षमा मात्र होइन, सधैँभरि देशलाई अझै बलियो बनाउनका लागि।

अर्थतन्त्र सबैका लागि हुनुपर्छ, हरेक अमेरिकनले आफ्नो सपना पूरा गर्न सक्नुपर्छ । हाम्रो देश र यो पृथ्वीलाई जोगाउन हामी सधैैँ लाग्नुपर्छ । हामी लाखौँ जनतालाई एक ठाउँमा ल्याउन हामी करिब डेढ वर्ष लाग्यौँ । देशका हरेक कुना–कुनाबाट लाखौँ जनतालाई एक ठाउँमा ल्यायौँ । सबैको एउटा आवाज थियो, अमेरिकाको नयाँ सपना । हरेक धर्म, जाति, पुरुष, महिला, आप्रवासी, लैंगिक अल्पसंख्यक र शारीरिक रूपमा अशक्त व्यक्तिहरूको साझा सपना थियो । अझ राम्रो र बलियो अमेरिका बनाउने दायित्व सबै नागरिकको छ । यो चुनावी अभियानका सबैप्रति म कृतज्ञ छु । तपाईंहरू उत्कृष्ट अभियानकर्ताहरू भन्ने मलाई थाहा छ । सानो–सानो सहयोग गर्नेलाई पनि धन्यवाद दिन्छु । लाखौँ स्वयंसेवक, सामाजिक नेता जसले छिमेकीलाई भने, फेसबुकमा पोस्ट गरे, साइटमा प्रचार गरे, उनीहरूप्रति कृतज्ञ छु।

मेरै पूरै जीवनमा विश्वासमा लागे, कहिले सफल भए, कहिले असफल भए । खासगरी युवावर्गलाई म के भन्न चाहन्छु भने तपाईंहरूको लडाइँ भर्खर सुरु भएको छ । अगाडि बढ्ने क्रममा सफलता र असफलता दुवैसँग हुन्छ । कृपयामा सधैँ विश्वास राख्नुहोस्, लड्न कहिल्यै नछाड्नुहोस् । जीवनभर लडिरहनुपर्छ । महिलाहरू जो यो अभियानमा सहभागी भए उनीहरूको च्याम्पियन हुन सकेकोमै म खुसी छु । मलाई थाहा छ– हामी अझै टुटेका छैनौँ, त छिटै कोही टुट्नेछन्, हामीले सोचेभन्दा पनि पहिला।

साना नानीहरू जसले मलाई हेरिरहेका छन्, कहिल्यै द्विविधामा नपर कि तिमीहरू अमूल्य छौ, शक्तिशाली छौ । म आफ्नो देशप्रति कृतज्ञ छु, हरेक दिन यसलाई मैले गुन्ने गरेको छु । म सधैँझैँ के विश्वास गर्छु भने हामी मिलेर जान्छौँ, मिलेर काम गर्नेछौँ, यो देशको मायाले । अझ राम्रा दिनहरू हाम्रा अगाडि छन् । किनकि हामी बलिया छौँ, मिलेर अझै बलिया हुनेछौँ भन्ने कुरामा विश्वास गर्छु । हामीले कहिल्यै पछुतो गर्नुहुन्न । हाम्रो शिलालेखले के भन्छ भने राम्रो काम गर्दा कहिल्यै चिन्तित हुनुहुन्न, समयमा, सिजनमा फल प्राप्त हुन्छ, त्यसकारण मेरा साथीहरू, एक–अर्कामा विश्वास गरौँ चिन्तित हुनुपर्ने कारण छैन, राम्रो सिजन आउँदै छ, धेरै काम गर्नु छ । तपाईंहरू सबैको प्रतिनिधि हुन पाएकोमा म एकदमै कृतज्ञ छु । तपाईं–हामी सबैलाई भगवान्ले रक्षा गरुन् र अमेरिकालाई पनि।

(नयाँ पत्रिका दैनिकबाट)





Comments

comments

Leave a Reply

14936