Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
पोखरामा पहिलो पटक सेती नदीमा कायाकिङ प्रतियोगिता हुदै – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पोखरामा पहिलो पटक सेती नदीमा कायाकिङ प्रतियोगिता हुदै

गिता राना मगर / एचकेनेपाल डट कम –
पोखरा २५ कार्तिक । नदीमा खेलिने साहसिक खेल कायाकिङको पोखरामा पहिलो पटक प्रतियोगिता हुने भएको छ।

नेपाल एशोसियसन अफ र्याफ्टिङ एजेन्सिज (नारा) पश्चिमाञ्चल क्षेत्रको आयोजनामा पोखरादेखि नजिक रहेको अपर सेतीमा हिमालयन ह्वाइट वाटर च्यालेन्ज नामक कायाकिङ प्रतियोगिता हुने भएको छ।

आगामी नोभेम्बर २८ देखि ३० अर्थात मंसिर १३ देखि १५ सम्म अपर सेतीमा सो प्रतियोगिता हुने भएको छ।

कास्कीको मर्दीदोभानबाट याम्दी सेती बांधसम्म झण्डै ९ किलोमिटर क्षेत्रमा फैलिएको नदीमा उक्त प्रतियोगितामा बिदेशी र नेपाली खेलाडीहरु गरी १ सय ५० जनाले सहभागीता जनाउने नेपाल एशोसियसन अफ र्याफ्टिङ एजेन्सिज (नारा) पश्चिम क्षेत्रका अध्यक्ष निम मगरले जानकारी दिए।

कायाकिङ प्रतियोगिता ३ बिद्यामा हुने भएको छ । डाउन रिभर रेस एक किलोमिटर, स्ट्रीम सलालम र बोर्डर क्रस हेड टु हेड गरी प्रत्येक दिन एक/एक बिधामा विहान ९ देखि ४ बजेसम्म प्रतियोगिता हुने छ।

प्रतियोगितामा हरेक विद्यामा प्रथम, द्वितीय र तृतीयलाई नगद, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने भएको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि १५ लाख खर्च लाग्ने अनुमान गरिएको छ।

पर्यटकीय शहर पोखरादेखि नजिकै रहेको उपल्लो सेतीमा पहिलो पटक आयोजना गरिएको यो प्रतियोगिता नेपालमा पन्धौ पटक हो। यस अघि नेपालको भोटेकोशी, त्रिशुली, मस्र्याङदी लगायतका नदीमा यो प्रतियोगिता हुदै आएको छ।

प्रतियोगितालाई सफल पार्न नेपाल पर्यटन वोर्ड घुमफिर वर्ष २०१६ प्रवर्द्धक र नेपाल क्यानोनिङ संघ, अन्तर्राष्ट्रिय स्तरबाट इङल्याण्डको पिकयुके, स्मीथ सन ग्लास अमेरिका, थण्डर ड्रागन अमेरिका, इङग्लायण्डको लिभेद एडभेन्चर, कोकाटाक अमेरिका र अस्ट्रल अमेरिकाले सहयोग गर्ने भएको छ।

यो प्रतियोगिताले पोखरामा साहसिक खेल कायाकिङ र र्याफ्टिङले पर्यटनको प्रवर्द्धन र पोखराको सेती नदी किनारमा रहेको फोहोर ब्यवस्थापनमा समेत सहयोग पुर्याउने लक्ष्य लिइएको छ।





Comments

comments

Leave a Reply

14953