Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बेलायतका नेपाली राजदूतलाई जेष्ठ भूपू गोरखाहरुको सामूहिक ज्ञापन पत्र

सन्तोष थलङ –
१२ नोभेम्बर। आश्फ़ोर्डको साइमन चर्च हलमा “किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति बेलायत” द्वारा आयोजित १३२ सौ महागुरु फाल्गुनन्द जन्म जयन्तीका अवसरमा जेष्ठ भूपू गोरखाहरुले नेपाली राजदूतलाई सामूहिक ज्ञापन पत्र बुझाएका छन्।

प्रमुख अतिथिका रुपमा उपस्थित भएका राजदूत डा.दुर्गा बहादुर सुबेदीलाई बेलायतमा अस्थायी बसोवास गरिरहेका जेष्ठ भूपू गोरखाहरुले सामूहिक ज्ञापन पत्र बुझाएका हुन्।

आश्फ़ोर्ड केन्टमा रहेका १०० जेष्ठ भूपू गोरखाहरुले हस्ताक्षर गरेको ज्ञापन पत्रमा हाल बेलायतले लागु गरेको सामाजिक सुरक्षण भत्ता प्राप्त गर्ने व्यक्तिहरु बेलायत बाहिर २८ दिन भन्दा बढि बस्न नपाउने नीतिले असुविधा परेको उल्लेख छ।

जेष्ठ भूपू गोरखाहरुलाई घर जानआउन अति असुविधा भएकाले नेपाल सरकारका तर्फबाट बेलायत सरकारसंग वार्तागरी पूर्ववत ३ महिने समय निर्धारण गर्न / गराउन पहल गरिदिन बिशेष अनुरोध गरिएको छ।

जेष्ठ भूपू गोरखाहरुका तर्फबाट गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिका केन्द्रिय सदस्य बलबहादुर लिम्बूद्वारा राजदूत डा. सुबेदीलाई हस्तान्तरण गरिएको छ। विश्व नेपाली साहित्य संघका अध्यक्ष विश्वाश दिप तिगेलाले ज्ञापन पत्र बाचन गरेर सुनाएका थिए।

ज्ञापन पत्र लिदै राजदूत डा सुबेदीले यो तपाई बृद्ध बाबाआमाहरुको अनुरोध पत्र कुनामा फ्याकिने छैन। उनले भने- “म यसका लागि गम्भीर पहल गरेर तपाईहरुलाई सकारात्मक नतिजा सुनाउन प्रयत्न गर्नेछु। त्यसैले अहिले यो वा त्यो गर्छु भनेर तपाईहरुलाई उत्साहित या निरुत्साहित बनाउन चाहन्न।”

उक्त कार्यक्रममा सत्याग्रह संयुक्त संघर्ष समितिका केन्द्रीय सदस्य दिलबहादुर वनेम लिम्बू, शान्ता गौचन र सत्याग्रह संयुक्त संघर्ष समितिका आश्फ़ोर्ड संयोजक बल बहादुर भट्टचनलगायत दर्जनौं जेष्ठ भूपू गोरखाहको सहभागिता रहेको थियो।

ज्ञापन पत्र बुझाउने कार्यक्रम १३२ सौ महागुरु फाल्गुनन्द जन्म जयन्ती समारोह मूल आयोजक समितिका संयोजक राजेन्द्र खिम्दिङ र गोरखा सयाग्रह -यूके/ नेपालका प्रमुख संयोजक सन्तोष थलङको समन्वयमा तय भएको थियो।

उक्त ज्ञापन पत्रको प्रतिलिपि यहाँ संलग्न गरिएको छ।





Comments

comments

Leave a Reply

14997