अफगानिस्तानमा आत्मघाती बिस्फोटनबाट ४ अमेरिकी सैनिकको मृत्यु, गोर्खा सैनिकहरु सुरक्षित

रोशन मेवाहाङ्ग / एचकेनेपाल डट कम–
काबुल, काबुल अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ४० किलोमिटर उतरी क्षेत्रमा पर्ने पारवन प्रान्तस्थित अमेरीकन एयर वेस बागराममा शनिवार विहान साढे ५ बजे तालिवान विद्रोही समूहका एकजनाले आत्मघाती बम विस्फोट गराउंदा चार अमेरिकी सैनिकको मृत्यु भएको छ।

अफगानिस्तानमा रहेको अमेरीकन सैनिकहरुको सवै भन्दा ठूलो क्षेत्रफलमा रहेका एयर फिल्ड वेस क्याम्प हो। बागराम वेस क्याम्पमा रहेका एरोमेड चिकित्सकहरुले च्यारेटी ‘रमाईलो दौड’ नामक प्रतियोगिता आयोजन गर्न लागेको अवस्थामा आत्मघातीले विस्फोटन गराएको नेटो सुरक्षा अधिकृतले जनाएका छन् । उक्त विस्फोटनमा ४ जनाको ज्यान गएको छ भने १४ जना गम्भीर घाईते भएका छन्।

उक्त प्रान्तका प्रवक्ता वाहिद सादिकीका अनुसार आत्मघाती विष्फोट गराउने व्यक्ति सोही एयर फिल्ड वेस क्याम्पमा कार्यरत थिए । उनले अमेरीकन सैनिकहरुले खानपिन गर्ने स्थान नजिकै विस्फोटन गराएका थिए।

यसै महिनाको सुरुमा अमेरिकासँग आबद्ध हवाई आक्रमणमा परी कुन्दुज प्रान्तमा ३२ भन्दाबढी विद्रोही समूहको मृत्यु भएको बदलामा उक्त आक्रमण गराइएको तालिवान समूहका प्रवक्ता जविहुल्लाह मुजाहिदले दाबी गरेका छन्। गत शुक्रवार बाल्ख प्रान्तस्थित मजार–ए–सरिफमा जर्मन महावाणिज्य दूतावासलाई लक्ष्य गरी गराइएको आत्मघाती बम आक्रमणमा ६ जनाको मृत्यु भएको र १ सय २० जना घाइते भएका थिए। दुवै घटनाको योजना ४ महिना अघि गरेको उनले सार्वजनिक गरेका छन्।

आक्रमणमा परी मारिएका नेटो सुरक्षा सैनिकहरुको नाम भने सार्वजनिक गरिएको छैन । घाइते सबै १४ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। यतिखेर नेटो सुरक्षामा खटिरहेका सेकेन्ड बटालियन द रोयल गोर्खा राईफल्सका एक सैनिक अधिकृतले भने आत्मघाती बम आक्रमणमा गोर्खा बटालियनका सैनिकहरु उक्त घटनामा नपरेको जानकारी दिएका छन्।

अमेरिकन सुरक्षा फौज तथा नेटो सुरक्षाकालागि खटिएका अमेरिकन कमान्डर जेनेरल जोन निकोल्शनले भने– ‘युद्धभूमिमा आफनो सहकर्मी गुमाउनुको पीडाले गहिरो चोट पुगेको छ ।’ उनले भने ज्यान गुमाएका सैनिकका परिवार, ईष्ट्रमित्र र साथीभाइहरुमा भगवानले धैर्य धारण गर्ने शक्ति दियोस।’

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

14995