Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

तेजेश्वरबाबु ग्वंगलाई घटराज पुरस्कार

एचकेनेपाल डट कम संवाददाता –
२८ कार्तिक काठमाडौं। घटराज भट्टराई स्मारक कोशले तेजेश्वरबाबु ग्वंगलाई २०७२ सालको ‘घटराज पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ।

लामो समयसम्म शिक्षासेवाका साथै नेपाली वाङ्मयको श्रीवृद्धिका लागि निरन्तर समर्पित रहँदै आत्मपरक तथा निर्बन्ध निबन्ध लेखनका अतिरिक्त कला, संस्कृतिका क्षेत्रमा समेत उल्लेखनीय योगदानका निम्ति तेजेश्वरबाबु ग्वंगलाई २०७२ सालको ‘घटराज पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको हो।

ताम्रपत्रका साथै घटराज पुरस्कारको राशि पचास हजार रुपियाँ रहेको छ।

घटराज भट्टराई स्मारक कोशका सदस्यसचिव साधना दाहालद्वारा जारी प्रेस विज्ञप्तिका अनुसार घटराज भट्टराई स्मारक कोशका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको कोशको बैठकले सो निर्णय गरेको हो।

आगामी मङ्सिर ११ गते घटराज भट्टराईको ७५ औं जयन्तीका अवसरमा काठमाडौंमा शताब्दी पुरुष डा.सत्यमोहन जोशीबाट घटराज पुरस्कार समर्पण गरिने कार्यक्रम रहेको छ।





Comments

comments

Leave a Reply

15000