Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

आहा ! गोल्ड कप खेल्न अमेरिकाबाट नेपाल जाने

विजय थापा / एचकेनेपाल डट कम –
वाशिंगटन डीसी । पोखरामा संचालन हुने आहा गोल्ड कप २०१७ मा सहभागी हुन अमेरिकामा जन्मिएका दोश्रो पुस्ताका खेलाडी तथा अमेरिकामा रहदै आएका नेपालका अन्तर्राष्ट्रिय स्तरका मिश्रित फुटबल टोली नेपाल जाने भएको छ।

डिसेम्बर १७ तारिख खेलाडीको अन्तिम छनौट गरिने जानकारी टोलीका संयोजक चन्द्र लामाले दिए। नेपालमा हुने अन्तर्राष्ट्रिय स्तरको उक्त प्रतियोगितामा भाग लिनको लागि खेलाडीको छनौटका लागि सबै ईच्क्षुक खेलाडीलाई डीसीमा बोलाइने भएको छ। एक सशक्त नेपाली अमेरिकन सकर टोली निर्माण गरिने लामाले बताए।

अमेरिकाको पुरानो गैरमुनाफा सामाजिक संस्था दि एसोसिएसन अफ नेपलिज इन अमेरिका (एएनए) को सहयोगमा टोली निर्माण हुन लागेको सात सदस्यीय एक छनोट समिति निर्माण गरि सकिएको छ।

ईच्छुक खेलाडीहरु आफै उपस्थिति हुनु पर्ने र आफ्नै खर्चमा डिसी आउनु पर्ने जानकारी दिइएको छ।

छनौट खेलाडीहरु जनवरी दोश्रो हप्तामा नेपाल प्रस्थान गर्ने छन्। उनीहरुको नेपाल आवतजावत खर्च, आवास तथा खानाको व्यवस्था टोलीले व्यवस्था गर्ने छ।

आहा गोल्ड कपमा गत साल मनाङ्ग मर्स्या्ङ्दी बिजयी भएको थियो हो भने अहिलेसम्म नेपाल प्रहरी क्लबले ५ पटक , मनाङ्ग मर्स्या्ङ्दीले ४ पटक तथा थ्री स्टारले पनि ४ पटक विजय हासिल गरेका छन्।

सन् २००२ देखि संचालनमा आएको अन्तर्राष्ट्रिय स्तरको आहा गोल्ड कप प्रतियोगिता उपत्यका बाहिर आयोजना हुने ठूलो तथा महत्वपूर्ण प्रतियोगिता हो। सहारा क्लबद्वारा पोखरामा आयोजना गरिने आहा गोल्ड कप प्रतियोगिता पहिला क्याराभान गोल्ड कपको रुपमा संचालित थियो। उक्त प्रतियोगिता अहिले आहा गोल्ड कपको रुपमा परिचित छ।





Comments

comments

Leave a Reply

15255