Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
अक्सफाम ट्रेलवाकर हङकङका विजेता चौधरी ग्रुपको ब्राण्ड एम्बेसडर… – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अक्सफाम ट्रेलवाकर हङकङका विजेता चौधरी ग्रुपको ब्राण्ड एम्बेसडर…


हङकङमा हालै आयोजित एकसय किलोमिटरको प्रतिष्ठित ‘अक्सफाम ट्रेलवाकर’ विजेताहरु तिर्थ बहादुर तामाङ, भिम बहादुर गुरुङ, पूर्ण तामाङ, वेद बहादुर सुनुवारलाई बुधबार काठमाण्डौमा आयोजित एक समारोहमा वि विल राईज फाउण्डेसनले प्रतिखेलाडी नगद १० हजार र कदरपत्रसहित सम्मान गरेको छ। तस्बिर सौंजन्य: महेश प्रधान

एचकेनेपाल डट कम संवाददाता –
हङकङमा हालै सम्पन्न प्रतिष्ठित ‘अक्सफाम ट्रेलवाकर’ विजेताहरुलाई मुलुककै अग्रणी व्यवसायिक समूह चौधरी ग्रुपले ब्राण्ड एम्बेसडर बनाउने भएको छ।

वि विल राईज फाउण्डेसनद्धारा विजेताहरुका सम्मानमा बुधबार काठमाण्डौमा आयोजित समारोहमा ग्रुपका कार्यकारी निर्देशक राहुल चौधरीले यस्तो घोषणा गरेका हुन्। निर्देशक चौधरीले नेपाली खेलाडीहरुले दौड जित्दा आफू हङकङमै रहेको स्मरण गर्दै विदेशी भूमिमा हजारौं सहभागी प्रतियोगिता नेपालीले जित्दा अत्यन्तै गर्व महसूस भएको बताए । राष्ट्रको शान र मान उचो बनाउने खेलाडीहरुको सम्मानमा व्यावसायिक कम्पनीहरुले सक्दो योगदान पुर्याउनु पर्नेमा समेत उनको जोड थियो।

नेपाली टिमले हङकङमा यसरी जितेको थियोः हेर्नुहोस् भिडियो

विभिन्न सामाजिक कृयाकलापमा संलग्न वि विल राईज फाउण्डेसनले प्रत्येक खेलाडीलाई नगद दस हजारसहित कदर पत्र प्रदान गरेको थियो। समारोहमा नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक राजुकाजी शाक्य, फ्रान्सका लागि पूर्व राजदूत मोहनकृष्ण श्रेष्ठ, नेपाली सेनाका प्रमुख सेनानी रामकाजी थापामगर, कलाकार एवं निर्देशक दिनेश डिसीलगायतको सहभागिता थियो।

अल्ट्रादौडमा नेपाली सेनाका धावकहरूको समूह तिर्थ बहादुर तामाङ, भिम बहादुर गुरुङ, पूर्ण तामाङ, वेद बहादुर सुनुवार सम्मिलित टोली विजयी भएको हो। एकसय किलोमिटरको दौड उनीहरुले ११ घण्टा १ मिनेटमा पुरा गर्दै नयाँ किर्तिमान समेत बनाएका छन्।

ट्रेलवाकरमा विश्वका तीनदर्जन बढी मुलुकबाट ५ हजार बढी सहभागी थिए। लामो इतिहास बोकेको ट्रेलवाकर हङकङमा कार्यरत बिट्रिस गोर्खाली सेनालाई तालिम दिने उद्देश्यले सन् १९८१ मा सुरु गरिएको थियो। गोर्खाली सेनाले नै आयोजना गर्दै आएको अल्ट्रा दौडलाई सघाउन सन् १९८६ देखि परोपकारी संस्था अक्सफाम सह–आयोजकका रुपमा भित्रिएपछि सबैका निम्ति सहभागिता खुला गरिएको हो।

१९९७ मा बेलायत अधिनस्थ हङकङ चीनलाई हस्तान्तरण भएपछि अक्सफामले नै प्रतियोगिताको आयोजना गर्दै आएको छ । ‘गरिबी तथा जलवायु परिवर्तनका विरुद्ध १०० किलोमिटर ट्रेकिङ’ नारा दिएर अक्सफामले यो प्रतियोगितालाई आर्थिक सहयोग जुटाउने अभियानका रुपमा अघि बढाएको छ।





Comments

comments

Leave a Reply

15258