अनुले कसलाई बिसाइन् जवानीको भारी ?

काठमाडौं– अभिनेत्री/मोडल अनु शाह एक फरक गीतको म्यूजिक भिडियोमा देखिएकी छन्।

मौसुफ भण्डारीको स्वर, दिनेश थपलियाको शब्द र वसन्त सापकोटाको संगित रहेको ‘यो मनसंग त्यो मनलाई मिसाइदेऊ न सानु…’ गीतमा
अनु मोडलको रुपमा प्रस्तुत भएकी छन्।

रोमान्टिक गीतको म्यूजिक भिडियोमा अनुलाई विनोद न्यौपानेले साथ दिएका छन्। यूट्युबबाट सार्वजनिक गरिएको गीतले भनेको छ–
यो मनसंग त्यो मनलाई मिसाइदेऊ न सानु
जवानीको भारी यतै बिसाइदेउ न सानु….

शुभ मिडिया होम प्रा.लि.को प्रस्तुति रहेको गीतको निर्देशन दीपक आचार्यले गरेका छन् भने गोकुल अधिकारीको छायांकन, अमन मानन्धरको सम्पादन तथा अर्जुन पोखरेलको रंग संयोजन रहेको छ।

….
….





Comments

comments

Leave a Reply

15442