Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अरबाज–सोहेल चाहँदैनन् सलमानले विवाह गरून्

बलिउडमा सलमान खानबारे जब कुरा हुन्छ, उनको विवाहको कुरा कहिल्यै पनि छुट्दैन । त्यसमाथि सलमान खानको परिवारबारे पनि बारम्बार कुरा आइरहेको हुन्छ। ‘कफी विथ करण’को कार्यक्रममा सलमान खान केही दिनअघि देखिए।

त्यो कार्यक्रममा पनि सलमान खान आफ्ना दुई दाजुभाइ अरबाज र सोहेलसँग पुगेका थिए । कार्यक्रममा सलमानले भने, ‘सानोमा मलाई एकपटक बुवाले पिट्नुभएको थियो।’

….
[wds id=”2″]
….

तर, कार्यक्रममा यति मात्रै कुरा भएन, सलमानको विवाहको प्रसंग पनि उठिहाल्यो । अरबाज र सोहेलले कार्यक्रममा सलमान विवाहबारे किन उदासीन छन् भन्ने विषयमा पनि कुरा गरे।

त्यति मात्र होइन, यी दुईले सलमानले विवाह नगरे पनि हुन्छ भने । ‘उनले वरपरका घटना हेरिरहेका छन्,’ कार्यक्रममा अरबाजले भने, ‘त्यसैले विवाह नगर्दा पनि हुन्छ ।’ अरबाजले यसो भन्नुको पछाडि केही दिनअघि भएको उनको सम्बन्धविच्छेदको निर्णय प्रमुख कारण भएको हुन सक्ने विश्लेषण छ। नयाँपत्रिकामा खबर छ।





Comments

comments

Leave a Reply

15432