Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

निमा रुम्बा र इन्दिरा जोशीले डिसी तताए

विजय थापा / एचकेनेपाल डट कम –
भर्जिनिया। ​डिसी महानगर क्षेत्रको बाल्टिमोरमा आयोजना गरिएको सांगीतिक कार्यक्रममा गायक निमा रुम्बा, चर्चित गायिका इन्दिरा जोशी, नेपाल ताराका प्रथम बिजेता दिपक लिम्बु तथा नृत्यांगना पार्वती राईले माहौल तताई दर्शकलाई नचाई छाडेका छन्।

लामो समयको प्रतिक्षापछि दर्शकहरुको चाहना पुरा गर्न गायक निमा रुम्बाले आफ्ना चर्चित गीत प्रियसी तथा अन्य ख्यातिप्राप्त गीत गाएका थिए भने इन्दिरा जोशीले आफ्नो चर्चित उध्रेको चोली कहाँ हेर्न, अरुण थापाको जति माया लाए पनि तथा मिश्रित गीत गाएकी थिइन्।

पार्वती राईले दर्शक र आयोजकहरुले सोचेको भन्दा ज्यादा राम्रो नृत्य प्रदर्शन गरेकोले सबै दर्शकले उनको नृत्यमा साथ दिएका थिए। दिपक लिम्बुले मेरो माया तथा नाई नभन्नु गीत प्रस्तुत गरेका थिए।

कार्यक्रममा डिसी महानगर क्षेत्रमा सोही दिन ४ वटा कार्यक्रम जुधेता पनि कार्यक्रम हेर्न डिसी, भर्जिनिया र बाल्टिमोरका नेपाली समुदायको लागि भिड रहेको आयोजकले बताए। नेपालबाट आएका सबै कलाकारहरुलाई सर्वप्रथम बाल्टिमोरमा कार्यक्रम गर्न पाईएकोमा हर्ष व्यक्त गर्दै कार्यक्रम सफल भएको आयोजक समितिका सदस्य भरत बराईलीले बताए। मनोरंजन कार्यक्रम भएकोले कार्यक्रममा कुनै भाषण र औपचारिक कार्यक्रम नराखिएकोले कार्यक्रम उत्साहजनक भएको आयोजक समितिका अर्का सदस्य विक्रान्त श्रेष्ठले बताए।





Comments

comments

1545