Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बेलायतको पक्षमा जनादेश, स्कटल्याण्ड स्वतन्त्र नहुने

एचकेपाल डट कम संवाददाता –
काठमाडौं। स्कटल्याण्ड स्वतन्त्र देश बनाउनको लागि भएको जनमत संग्रहमा जनादेश बेलायतको पक्षमा आएको छ। स्कटल्याण्डका नागरिकहरूले स्वतन्त्र देशको विचारलाई अस्वीकार गरिदिएका छन्। धेरैजसो नागरिकले बेलायतको साथ रहने पक्षमा मतदान गरेका छन्। स्कटल्याण्डको यस जनादेशले बेलायतलाई ठूलो राहत मिलेको छ।

त्यहाँको कुल ३२ जिल्लामध्ये २८ ले स्वतन्त्रताको विपक्ष र चारले मात्र पक्षमा मतदान गरेको छ। बेलायतबाट स्वतन्त्र हुन चाहनेको पक्षमा ४५ प्रतिशत र विपक्षमा ५५ प्रतिशत मत परेको छ। विजयी हुन १८ लाख ५२ हजार ८ सय २८ मत मात्र चाहिएको भए पनि स्वतन्त्रको विपक्षमा २० लाख १ हजार ९ सय २६ मत परेको छ।





Comments

comments

1541