Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

मलेसियाबाट ३ सय ७७ जना नेपाली कामदार फर्के

२ वर्षका लागि मलेसिया गएका रुकुम रमेश थापा चार महिना नपुग्दै बिहीबारराति काठमाडौं आइपुगे। डेढ लाख तिरेर मलेसिया पुगेका उनी भने अनुसार काम र तलव नपाएपछि कम्पनी छाडेर भागेर थिए। त्यसपछि उनी लुकीछिपी बस्दै आएको थिए।

मलेसियामा कम्पनी छाडेर गैरकानुनी हैसियतामा रहेका ३ सय ७७ जना नेपाली कामदारलाई बिहीबार श्रम तथा रोजगार मन्त्रालयको पहलमा विमान चार्टर गरेर नेपाल ल्याइएको छ। थापा तिनै मध्येका हुन्। आजको नागरिक दैनिकमा प्रकाशित समाचारमा छ।

९ सय रिंगेट तलव हुन्छ भनेर गएको ६ सय पनि दिएन थापाले भने त्यही पनि २ महिना काम पाइएन। फलाम उचाल्न लगाइयो, बरु नेपालमै दुख गरेर दसैं मनाउने सोचनले आइयो। मलेसियामा ४० देखि ५० हजारसम्म नेपाली कामदार गैरकानुनी रुपमा बस्दै आएका छन्।

डिसेम्बरसम्ममा १५ हजार नेपाल आइसक्ने दूतावासले जनाएको छ।





Comments

comments

1538