Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
वाढी र पहिरोपीडितलाई ‘फिल द बकेट’ राहत – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

वाढी र पहिरोपीडितलाई ‘फिल द बकेट’ राहत

एचकेपाल डट कम संवाददाता –
काठमाडौं। ‘फिल द बकेट’ सामाजिक सञ्जाल अभियान अन्तर्गत विश्वभरबाट कार्टमण्डप डट कमबाट संकलित राहत बाल्टिनहरु नेपालको बाढीपीडित क्षेत्रमा वितरण गरिएका छन्।

हालै वाढी र पहिरोबाट प्रभावित नेपाली समुदायलाई सहयोगार्थ कार्टमण्डप डटकम द्वारा खाद्यान्न र दैनिक आधारभूत सामग्री सहितका ७०० वटा बाल्टिन भाद्र २८ शनिवारका दिन महेन्द्र पुलिस क्लवमा पुर्याइएको थियो। नेपालमा संकलन गरिएका अन्य राहत सामग्रीसहित यी बाल्टिनहरु नेपाली सेनाको सहयोगमा भाद्र २९ देखि असोज १ सम्म पश्चिमी नेपालका बाढीपीडित क्षेत्रहरुमा वितरण गरिएका छन्। कार्टमण्डपद्वारा संकलित राहत सामग्रीका बाल्टिनहरु हस्तान्तरण गरिएको यो दोश्रो पटक हो। यसअघि भाद्र १६ गते सोमवार राहत सामग्री सहितका १०० वटा बाल्टिन हस्तान्तरण गरिएको थियो।

नेपालका बाढीपीडितलाई सहयोग गर्न कार्टमण्डपले भाद्र १० गते अनलाइन मार्फत राहत संकलन संचालन गरेको थियो। यस अन्तर्गन ४८ घन्टाभित्र विश्वका विभिन्न भागबाट १५९ व्यक्तिहरुबाट २८२ बाल्टिन संकलन भएको थियो। दुई सातासम्म चलेको यो अभियानमा २३ मुलुकका ४०५ व्यक्तिहरुबाट ८०० राहत बाल्टिन संकलन भएको थियो। यी मध्ये सबभन्दा बढि संयुक्त राज्य अमेरिकाबाट ४६७, अष्ट्रेलियाबाट ११४ र बेलायत बाट ८२ रहेका छन्।

आफ्ना मुलुकका नागरिकहरुलाई दैनिक उपभोग्य वस्तु उपलव्ध गराउन शुरु गरिएको यस ‘फिल द बकेट’ सामाजिक अभियान अन्तर्गत बाल्टिनभित्र दैनिक उपभोग्य र आधारभूत सामग्री हालिएका छन्। संकलन गरिएका ८०० बाल्टिनभित्र हरेकमा चामल, दाल, बिस्कुट, मिनिरल पानी, पानी प्रशोधन औषधि, चाउचाउ, दन्त मञ्जन र बुरुष, साबुन र औषधि गरी दश अमेरिकी डलर बराबरका सामग्री राखिएका कार्टमण्डप डट कमका कार्यकारी अधिकृत सुभाष प्रजापति जानकारी दिए।





Comments

comments

1551