Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
बोक्सीको रोलमा खेल्दै नायिका सारिका घिमिरे – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बोक्सीको रोलमा खेल्दै नायिका सारिका घिमिरे

भोला सुवेदी / एचकेनेपाल डट कम –
समाजमा घटेका बिभिन्न घटनाहरुलाई नै चलचित्रको ढाँचामा कथा बाद गरी चलचित्र निर्माण गर्ने गरिन्छ। जुन चलचित्रले कसैको मनमा छुन्छ भने कसैले छुने कोसिस मात्र गर्छ।

यस्तै बास्तबिक जीवनमा घटेको एउटा घटनामा आधारित चलचित्र ‘रक्तभोग’ निर्माण हुने भएको छ। आज भन्दा करिब साढे दूई बर्षअघि चितवनको माडीमा घटेको एउटा घटना जुन घटनामा ठेगनी देबीले ज्यान गुमाउनु परेको थियो सोही घटनामा आधारित चलचित्र निर्माण हुने भएको छ।

चलचित्रको मुख्य कथा भने बोक्सी प्रथा रहेको छ। यस चलचित्र नायिका सारिका घिमिरेलाई ठेगनी देबीको भूमिकामा देख्न सकिने भएको छ। गाउँमा एउटा बच्चा मर्दा बोक्सीको आरोप लागेको ठेगनी देबीको मृत्यु र अहिले उनको परिवारको स्थितिलाई चलचित्रमा देखाईने बताईएको छ।

यस चलचित्रमा सारिका घिमिरेको साथमा कलाकार ज्योति सापकोटा, कृष्णराज तिवारी, सैलेश पौडेल, रामचन्द्र लम्साल, रचना पौडेल मुख्य भूमिकामा देखिने भएका छन्। चलचित्र रक्तभोगको सुटिङ्ग असोज ५ गतेदेखि चितवन माडीमा सुरु हुने कुरा यस चलचित्रका कार्यकारी निर्माता कृष्णराज तिवारीले जानकारी दिएका छन्।

यस चलचित्रका अर्का निर्माता रामचन्द्र लम्साल हुन्। यस चलचित्रलाई वि.वी. फुयालले निर्देशन गर्नेछन् भने पवन गौतमको छायाँकन रहने छ। चलचित्रको कुल निर्माण खर्च ५० लाख रहेको निर्माण पक्षले बताएको छ ।





Comments

comments

1547