हङकङमा ‘नेपाली सप्ताह’ को रौनक (फोटो फिचरसहित)


हेर्नुहोस् #Video सेता पुतलीहरुसंगै रुने हाँस्ने कलाकार मिलन राई…
#WhiteButterfly #MilanRai

.

.
.


तस्वीरहरुः जगतअम्बु गुरुङ / एचकेनेपाल डट कम

हङकङमा नेपाली भाषा, कला, साहित्य र संस्कृति नेपाली सप्ताहको रौनक
देवराज राई / एचकेनेपाल डट कम –
डिसेम्बर २६, २०१६। नेपाली समाजको आधार नेपाली भाषा, कला, साहित्य संस्कृति भएकोले भाषा, कला, साहित्य र संस्कृति जाति पहिचानको आधार मानेर यसलाई संस्थागत गर्दै यसकै आधारमा नेपाली एकता र समृद्धिलाई बढावा दिँदै लैजाने उद्देश्यले हङकङमा ‘नेपाली भाषा साहित्य संस्कृति सप्ताह २०१६’ कार्यक्रम विगत वर्षहरुमा जस्तै भव्यरुपमा आयोजना भइरहेको छ।

हङकङका नेपाली समुदायको सहभागितामा डिसेम्बर २६ तारिखका दिन शोभायात्रामा झाँकी प्रदर्शन गरियो। यहाँका विभिन्न प्राथमिक, माध्यमिक, उच्चतर माध्यमिक विद्यालय तथा प्रिन्सिपल, भाइस प्रिन्सिपल, शिक्षक, नेपाली विद्यार्थीहरु तथा तिनको अभिभावकहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, पत्रकार, जिल्ला पार्षदहरु स्थानीय जननेताहरुको साथमा युनलङको घडी पार्कदेखि यावसान स्ट्रीट, होपयिक रोड, म्यानह्याटन प्लाजा, ताइतोङ रोड, काउयुक रोड तथा मातिन रोड हुँदै युनलङ परिक्रम गरी युनलङ टाउन हल पुगेको थियो।

विभिन्न जातीय संस्कृतिको योग नै नेपाली संस्कृति भएको यथार्थलाई आधार मानी हङकङ नेपाली समुदायभित्रका जातीय संस्कृति झल्कने भेषभूषा, नेपाली बाजागाजाहरु यात्रभर प्रदर्शन गरिएको थियो । शोभायात्रामा नेपाली हृदय नजिकका नेपाली समुदायहरुलाई एकता प्रदान गर्ने नेपाली धुनहरु बजाइएका थिए। विभिन्न जातीय गीतहरु समेत प्रस्तुत गरिएको थियो।

हङकङ जस्तो भव्य ट्राफिक व्यस्तता हुने प्रमुख बाटाहरुमा प्रहरी तथा ट्राफिकहरुले यातायात ठप्प बनाइ दिएका थिए।

याात्राभर कला संस्कृतिमा धनी संस्थाहरु किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, नेवार समाज, हेभेन्लीपाथ हङकङ, बृटिश गोर्खा भूतपूर्व सैनिक संघ, भारतीय गोर्खा भूतपूर्व गोर्खा सैनिक संघलगायतका विभिन्न नेपाली संघसंस्थाहरुको प्रतिनिधिहरुले जातीय धुन तथा नृत्य, बाजागाजाहरु आकर्षक रुपमा प्रस्तुत गरका थिए।

शोभायात्रामा पीएच सेन्ट्रल प्राइमरी स्कुल, बेथल हाईस्कुल, ड्वीट ओन वल्ड स्कुल (अनलाईन स्कुल), आईकेटीएमसी माध्यमिक विद्यालय, सीएमए माध्यमिक विद्यालय, म्याडम लाउ माध्यमिक विद्यालय, लि पो चुन वल्ट कलेजका प्रिन्सिपल, शिक्षक, विद्यार्थीहरुसमेत शोभायात्रामा सहभागी थिए।

नेपालका प्रमुख जातजातिहरुको भेषभूषा सजिएका विद्यार्थीहरु तिनका अभिभावकहरुले माहोल नेपालीमय बनेको थियो। शोभायात्रा पछि किरात याक्थुङ चुम्लुङ, स्थानीय ब्यागपाइपर, विद्यार्थीहरुले विभिन्न झाँकी एवं साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए।

कार्यक्रममा किसन राईले स्वागत मन्तव्य, अमोद राईले कार्यक्रम बारेमा प्रकाश पार्नु भएको थियो। कार्यक्रममा मिलन राईले सेतो पुतली अभियानको बारेमा प्रकाश पारेका थिए। पशन तमूले कार्यक्रममा आयोजकका तर्फबाट धन्यवाद व्यक्त गर्नु भएको थियो भने कार्यक्रमको संचालन देवराज राईले गरेका थिए।

नेपाली सप्ताहको उद्घाटन समारोह बेथल हाईस्कुलमा भएको थियो। २५ तारिखका दिन सम्पन्न कार्यक्रममा विद्यार्थीहरुको संगोष्ठी, विविध साँस्कृति कार्यक्रमहरु प्रस्तुत गरिएको थियो। दीपक गुरुङले सञ्चालन गर्नु भएको कार्यक्रममा कलाकार मिलन राईको सेता पुतलीहरुसमेत प्रदर्शनी गरिएका थिए।

नेपाली सप्ताहको आयोजना हङकङ नेपाली कला मन्दिर, नेपाली भाषा तथा साहित्य परिषद्, गोर्खा सेमेइट्रीज ट्रष्ट तथा यसको संयोजन हङकङ नेपालीज फाउण्डेशनले गरेको छ । कार्यक्रमलाई नेपाल एयरलाइन्सले प्रायोजन र सेन्ट जोसेफ सोसियल सर्भिस सेन्टर र द चाईनीज युनिभर्सीले कार्यक्रममा साथ दिएको छ।

थप फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्

– युन लङ बजारमा यसरी प्रदर्शन गरियो नेपाली झाँकी – हङकङमा नेपाली भाषा, कला, साहित्य र संस्कृतिको विस्तार र सम्बृद्धिको लागि यो एउटा अभियान पनि हो।

Posted by HKNepal.com on Monday, 26 December 2016

.

यो वर्षको अन्तिम महिना अन्तिम साता
नेपाली सप्ताह हङकङमा यसरी भव्यताका साथ मनाईदै छ
सहभागी बनौं।

नेपाली सप्ताह २०१६ का कार्यक्रमहरु
२५ डिसेम्बर २०१६
विद्यार्थी संगोष्ठी, विद्यार्थी कार्यशाला एवं कला प्रदर्शनी
स्थानः बेथल हाईस्कुल
समयः अपरान्ह १ बजेदेखि ४ बजेसम्म

२६ डिसेम्बर २०१६
शोभायात्रा, साँस्कृतिक झाँकी कार्यक्रम
स्थानः युनलङ
घडी पार्कदेखि युनलङ टाउन हलसम्म
समयः अपरान्ह ४ बजे

२७ डिसेम्बर २०१६
नेपाली भाषा, साहित्य संगोष्ठी
स्थानः आईकेटी कलेज, चाई वान
समयः अपरान्ह १: ३० बजे

२८ डिसेम्बर २०१६
कला प्रदर्शनी गोर्खा सिमेट्रिज
स्थानः सा टीन, युन लङ र क्वीन विब्ज ग्यालरी, याउ मा तेई
समयः ११ बजे र ३ बजे अपरान्ह

३० डिसेम्बर २०१६
सेता पुतली कला प्रदर्शनी
विद्यार्थी पुरस्कार एवं सम्मान कार्यक्रम
द चाईनिज युनिभर्सिटी
समयः साँझ ५ बजे

यो वर्षको अन्तिम महिना अन्तिम साता
नेपाली सप्ताह हङकङमा यसरी भव्यताका साथ मनाईदै छ
सहभागी बनौं।

के तपाई कुनै कार्यक्रमको आयोजना गर्दै हुनुहुन्छ। यहाँ पोष्ट गरेर हामी सबैलाई खबर गर्नुहोस्।

Posted by Pashan Tamoo on Wednesday, 21 December 2016

.

नेपालबाट उडाउन शुरु गरिएका मिलन राईका सेता पुतलीहरु हङकङ आईपुगे…

Posted by Pashan Tamoo on Wednesday, 21 December 2016





Comments

comments

Leave a Reply

15574