Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

हङकङमा चिसो मौसमको चेतावनी…

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ २७ डिसेम्बर। हङकङको मौसम विभागले पहिलो चिसो मौसमको चेतावनी जारी गरेको छ।

विभागले बुधवार बिहान हङकङको तापमान १२ डिग्रिभन्दा पनि तल झर्न सकिने बताएको छ। दक्षिणी चीनको उत्तर-पूर्व तीव्र मनसुनको कारण हङकङमा जाडो बढ्ने बताइएको छ।

विभागका वरिष्ठ वैज्ञानिक ली युत सिमले वृद्ध तथा चिकित्सकीय अवस्थामा रहेकाहरुलाई राम्रो ध्यान दिन आग्रह गरेका छन्।

चिसो मौसमको तापमान केही दिनसम्म जारी रहने अनुमान गरिएको छ।





Comments

comments

Leave a Reply

15667