न्युज अपडेटः हङकङमा नेपालीहरु बस्ने बिल्डिङमा भीषण आगलागी…

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ २८ डिसेम्बर। युन लङको काम फाई पाथस्थित काम फाई बिल्डिङमा बुधवार अपरान्ह भीषण आगलागी भएको छ।

बिल्डिङको भूईंतलामा रहेको बाबा हेयरमा आगलागी भएको हो। बाबा हेयर जनवरी १ तारिखदेखि संचालनमा ल्याउने गरी पूर्णरुपमा तयारी अवस्थामा रहेको थियो। ‘मालिकले मंगलवारमात्र खुशीयाली पार्टी दिएको थियो। अहिले यस्तो भयो’- श्रोतले बतायो।

आगलागीका कारण उक्त बिल्डिङमा बसेकाहरु त्रसित बनेका थिए। कालो मुस्लो धुँवा निस्सासिएर उडेपछि र अर्लाम बजेपछि बिल्डिङमा रहेका सबै बाहिर निस्केका थिए।

यसअघि, बुधवार बिहानदेखि केही घण्टाको लागि बिल्डिङमा विद्युत आपूर्ति बन्द हुने सूचना बिल्डिङ व्यवस्थापकले जारी गरिसकेको थियो। विद्युत आपूर्ति सूचारु हुनासाथ बन्द रहेको उक्त पसलभित्रबाट शार्ट सर्किट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ।

समयमै अग्नि नियन्त्रक टोली घटनास्थलमा पुगेको हुनाले ठूलो दुर्घटना हुनबाट बचेको हो। रातको समयमा भएको भए अप्रिय घटना घट्न सक्ने सम्भावना थियो।

बिल्डिङको तल्लोतलाबाट शुरु भएको आगलागी नियन्त्रणमा लिन अग्निनियन्त्रक टोलीलाई झण्डै आधा घण्टा लागेको थियो। आगलागीबाट बाबा हेयर पूर्णरुपमा नष्ट भएको छ।

उक्त बिल्डिङमा चिनीयाँसहित ठूलो संख्यामा नेपालीहरुको परिवार बसोबास गर्छन्।

हेर्नुहोस् फेसबुक लाइभ भिडियो

युन लङको काम फाइ बिल्डिङको भूईंतल्लामा यसरी भयो भयंकर आगलागी। फेसबूक लाईभ भिडियोः एचकेनेपाल डट कमका लागि पशन तमू
#FireOnBuilding Kam Fai Building, Yuen Long, Hong Kong

Posted by HKNepal.com on Tuesday, 27 December 2016





Comments

comments

Leave a Reply

15669