Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बन्धक बनाई २२ जनाबाट यौन शोषण

मोरङको कोसी हरैचा नगरपालिकाको विराटचोकमा एक युवतीलाई सात दिनसम्म होटलमा बन्धक बनाएर यौन शोषण गरिएको खुलासा भएको छ। पीडित युवतीले प्रहरीमा उजुरी दिएपछि घटना सार्वजनिक भएको हो।

बन्धक बनाउने एक महिलासहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ।

इलाका प्रहरी बेलबारीका प्रहरी निरिीक्षक दगाए प्रसाद दाहालका अनुसार मधुमल्ला ५ की जसनु मगरले आफ्नै गाँउकी युवतीलाई बजार घुमाइदिन्छु भन्दै भदौं २४ गते कोसी हरैचा नगरपालिकाको विराटचोक ल्याएकी थिईन्। स्थानीय होटल आग्रहमा लगेर होटल साहु दिनेश श्रेष्ठको मिलेमतोमा जुनुले ती युवतीलाई बन्धक बनाएकी थिईन्।

सात दिनसम्म यौन सिकार भएकी युपवती बिहीबार भागेर प्रहरीकहाँ पुगेकी थिईन्। आफूलाई एक रात शोषणा गर्नेबाट ४ हजार रुपैयाँसम्म लिएको युवतीले बताईन्। प्रहरीका अनुसार जुनु, दिनेश र नरेन्द्रले ग्राहक बोलाउने र युवतीसँग शारीरिक सम्पर्क गर्न लगाउने गरेका थिए। ७ दिनमा उनीहरुले २२ जना ग्राहक ल्याएको स्वीकार गरेका छन्।





Comments

comments

1562