Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

‘नाकाबन्दीमा मधेसी नेताले राम्रो आम्दानी गरे’

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले ‘तथाकथित’ भन्दै मधेसी मोर्चाको आलोचना गरेका छन्। मोर्चाले गरेको आन्दोलनलाई उनले तथाकथित मधेस आन्दोलन भनी टिप्पणी गरेका छन्।

मधेस समस्याका विषयमा पार्टी केन्द्रीय कार्यालयमा गरिएको अन्तरक्रियामा ओलीले मधेसी मोर्चाले मधेसका वास्तविकत मुद्दा नबोकेको आरोप पनि लगाए। मधेसी मोर्चाले मधेसमा ११ सिटमा विजय हासिल गर्दा एमालेले ४० सिटमा विजय पाएको उनले बताए।

मधेसमा एमाले हनुमानझैं शक्तिशाली भएको उनको भनाइ थियो। ‘हनुमानजीले आफ्नो शक्ति आफैं चिन्न नसके जस्तै हाम्रा साथीहरुले मधेसमा एमालेको शक्ति चिन्न नसकेको मात्रै हो,’ उनले भने, ‘ आफू पनि ५५ वर्षदेखि मधेसमै बसेको भन्दै ओलीले मधेसका बारेमा मोर्चाका नेताहरुलाई भन्दा आफूलाई बढी जानकारी भएको दाबी गरे।

ओलीले मधेस आन्दोलनका क्रममा मोर्चाका नेताहरुले राम्रो आम्दानी गरेको आरोप लगाए। ‘भारतले नाकाबन्दी गर्दा नेपालका केही नेताले नाकाबन्दी हामीले गरेको हौं भने। नाकाबन्दीको स्वामित्व ग्रहण गर्न खोजे,’ ओलीले भने, ‘उनीहरुको बुतामा नाकाबन्दी थियो कि थिएन तर उनीहरुले त्यसरी हल्ला गरे।’ नागरिक दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

15653