Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पशुपति प्रसादले नेफ्टा अवार्ड फिर्ता गर्ने…

नेपाल चलचित्र प्राविधिक संघले आयोजना गरेको नेफ्टा फिल्म अवार्डमा सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितेको पशुपति प्रसादले अवार्ड फिर्ता गर्ने भएको छ।

पशुपति प्रसादका निर्देशक दीपेन्द्र के खनालले अन्य विधामा नपाएको फिल्मलाई सर्वोत्कृष्ट फिल्मको अवार्ड दिइएकाले नैतिक रुपमा अवार्ड अस्वीकार गर्ने बताएका छन्।

‘सर्वोत्कृष्ट फिल्म हुन जुन जुन महत्वपूर्ण विधा आवश्यक पर्छ त्यो नभएपछि नैतिकरुपले अवार्ड लिन नमिल्ने लागेर मैले अवार्ड लिइनँ । ३–४ पटक नाम अनाउन्स भयो । तर, म अवार्ड लिन गइनँ । म नगएपछि दीपकराज गिरीले त्यो अवार्ड दिइदिनुभयो’ खनालले भने, ‘अवार्ड होटलमै छाडेर आउन लागेको थिएँ तर आफ्नो देशको चिजको माया लागेर विदेशमा छोड्न मन लागेन । हिजो एरपोर्टमा आउनेवित्तकै नेफ्टाका महासचिवलाई म यो अवार्ड स्वीकार गर्न सक्दिनँ, अफिस बुझाउन पठाइदिन्छु भनेको थिएँ । राजीनामा दिइसक्नुभएछ ।’

यता, नेफ्टाका महासचिव सुरज आचार्यले पनि अवार्डको परिणाममा असन्तुष्टि जनाउँदै निर्वाचित भएको १ वर्ष पनि नपुग्दै पदबाट राजीनामा दिएको खबर नेपाल समाचारपत्र दैनिकले छापेको छ।





Comments

comments

Leave a Reply

15655