Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

जसले प्रेमिका बनाएर यसरी १६ लाख ठगे…

म्याग्दी कारागारमा रहेका दाइ पर्ने व्यक्तिालाई भेट्न जाँदा दुइ वर्षअघि शारदा शर्मा (नाम परिवर्तन)को नेत्रप्रसाद गिरीसँग चिनजान भयो । उनीहरुबीच जेलमै बारम्बार भेट हुन्थ्यो ।

गिरी असोज २०७२मा जेलबाट मुक्त भए । जेलबाट छेटेपछि उनीहरु प्रेमी प्रेमिका भए । आफू इन्जिनियर भएको र विदेशमा पनि चिनजान भएको भन्दै गिरीले रवाफ देखाए । बिहे गर्नेसम्म आश्वासन दिए।

गिरी प्रेमिका मात्र नभइ उनका भाइलाई समेत पोर्चुगल पठाउने आश्वासन दिए । युवती विश्वस्त थिइन् । तर गिरी आश्वासन मात्रै होइन, प्रेम पनि झुटो थियो।

युवतीलाई विदेश पठाउने भनेर विश्वास दिलाएर मख्ख बनाउनुको पछाडि उनीसँग पैसा लिने योजना थियो। पटक-पटक गरेर युवतीसँग उनले १६ लाख ५० हजार रुपैयाँ लिएको सिआइबीकी एसपी मिरा चौधरीले वताइन्।

पैसा लिएर गिरी फरार भएका थिए। उनलाई प्रहरीले नियन्त्रणमा लिएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।





Comments

comments

Leave a Reply

15685