Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पोखरामा शनिवार सामूहिक ल्होछार/ल्होसार मनाउने

हुम तमु / एचकेनेपाल डट कम –
पोखरा, तमु जातिको नयाँवर्ष, राष्ट्रिय चाड तमु ल्होछार/ल्होसारको अवसरमा कस्केली तमुहरुले पुष १६ गते सामूहिक रुपमा मनाउने भएका छन्।

साँस्कृतिक पर्व, नयाँबर्ष तमु, राष्ट्रिय चाड ल्होसार/ल्होछार पौष १५ गते सम्म आआफ्नै टोल, समाज, संघ संस्थामा मनाए पनि पौष १६ गते कास्कीका तमुहरुलगायत आम कस्केलीको सहभागीतामा यस वर्ष तमु र्धि नेपालको संयोजकत्वमा पोखराको प्रर्दशनी केन्द्रमा सामूहिक रुपमा मनाउने निर्णय गरी तयारी अन्तिम चरणमा पुगेको बुधवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।

कास्कीमा सामाजिक, धार्मिक, राजनैतिक रुपले क्रियाशील तमुहरुको संघ संस्थाले सामुहिक रुपले मनाउने च्ह्य ल्होछार/ल्होसार, नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा हुने ल्होछार/ल्होसार मुल समारोहमा सहभागी हुनका लागि पोखरा मानवअधिकार चोक चिप्लेढुङ्गाबाट विहान ११ बजे मौलिक भेषभूषा, नाचगान, बाजागजा, झाँकीका साथ ल्होसार/ल्होछार शुभकामना र्याली सुरु हुने आयोजक समिति सचिव गिरीप्रसाद तमुले जानकारी दिए। उक्त शुभकामना र्यालीमा सहभागी झाँकीमा उत्कृष्ठ हुने समूहलाई ३०, दोश्रोलाई २०, तेश्रोलाई १० र चौथोलाई ५ हजार नगदसहित प्रमाणपत्रबाट पुरस्कृत गरिने भएको छ।

पोखरा प्रदर्शनी केन्द्रमा हुने सामुहिक ल्होसार/ल्होछार कार्यक्रममा लोडसेडिङ मुक्त गर्ने कुलमान घिसिङसहति १२ जना विशिष्ट व्यक्तित्वहरुलाई सम्मान गरिने भएको छ।





Comments

comments

Leave a Reply

15687