Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

जर्मनीको म्युनिख शहरमा तमु ल्होसार साँझ भब्य रुपमा मनाईयो

किशन गुरुङ, म्युनिख जर्मनी
यही २४ डिसेम्बर २०१६ शनिबारको दिनमा जर्मनीको म्युनिख शहरमा “तमु ल्होसार साँझ-२०१६” भब्य एवं सभ्य रुपमा सम्पन्न भएको छ।

म्युनिखमा बसोबास गर्ने सम्पूर्ण गुरुङहरुको संयुक्त प्रयासमा अर्थात म्युनिखबासी गुरुङ परिवारले पहिलो पटक सो कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रममा म्युनिख एवं वरपर बसोबास गर्ने सम्पूर्ण नेपाली तथा बिदेशीहरुको उत्साहजनक उपस्थिती रहेको कार्यक्रमका सकृय सदस्य सुनिल गुरुङले जानकारी गराउनु भयो।

कार्यक्रममा उपस्थित सम्पूर्ण पाहुनाहरुलाई राम गुरुङले स्वागत मन्त्यब्य राख्दै कार्यक्रमको थालनी गर्नु भएको थियो।

“तमु ल्होसार साँझ-२०१६” कार्यक्रममा म्युनिखबासी स्थानीय कलाकारहरुद्वारा रमाईला नृत्य तथा गीतहरु प्रस्तुत गरेका थिए भने बालबालिकाहरुको नृत्यले कार्यक्रमको झनै रोचक बढाएको थियो।

अन्त्यमा डान्स पार्टीले साँझलाई धेरै रमाईलो बनाएको थियो साथमा सेल रोटी ,चिया अनि मिठो भोजनको पनि ब्यवस्था गरिएको हुनाले केहि क्षण भए पनि बिदेशमा नभै नेपालमा नै रहेको महशुस भएको म्युनिखबासी नेपालीहरुले बताए।

कार्यक्रमको संचालन उमा गुरुङले गर्नु भएको थियो।


….
[wds id=”2″]
….
र अन्त्यमा म्युनिखबासी गुरुङ परिवारको निम्तोलाई सहर्ष स्वीकारी कार्यक्रममा पाल्नु भएका सम्पूर्ण म्युनिखबासी एवं वरपर बसोबास गर्नुहुने नेपाली तथा बिदेशीहरुलाई म्युनिखबासी गुरुङ परिवारको तर्फबाट धेरै धेरै धन्यबाद ज्ञापन गर्नुभयो र आगामी दिनहरुमा अझ यो भन्दा स्तरीय कार्यक्रम लिएर आउने पनि जानकारी गराईयो।





Comments

comments

Leave a Reply

15689