Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

संघीय लिम्बुवान पार्टी, नेपालको प्रवास कमिटी संघीय लिम्बुवान समाज कतार गठन

तिलविक्रम थेवे / एचकेनेपाल डट कम –
दोहा, कतार। संघीय लिम्वुवान मुद्धासंग सम्बन्धित पाँच राजनीतिक पार्टीहरुबीच एकीकरण र एकता भएर संघीय लिम्बुवान पार्टी, नेपाल गठन भएपछि जिल्लादेखि वडासम्म तत्कालिन पाँच पार्टीहरुको समायोजन धमाधम भईरहेको सन्दर्भमा संघीय लिम्बुवान पार्टी, नेपालको प्रवास कमिटी संघीय लिम्बुवान समाज कतारले पनि समायोजन कार्यक्रमको आयोजना गर्दै नरेन्द्र एभेङ्ग लिम्बुको अध्यक्षतामा ३५ सदस्यीय संघीय लिम्बुवान समाज कतार गठन गरेको छ।

पाँच उपाध्यक्षहरु रहेको समाजमा प्रथम उपाध्यक्ष यातुकुमार सम्बाहाम्फे, द्धितीयउपाध्यक्ष मदन मादेम्बा, तृतीयउपाध्यक्ष देउकुमार नेम्बाङ्ग, उपाध्यक्ष देवी थेगुवा र धनप्रसाद साँवा निर्वाचित भएकाछन् भने महासचिव तिलविक्रम थेवे, उपमहासचिव डम्बर लिवाङ्ग र सचिव सेवालुङ्ग लिवाङ्ग निर्वाचित भए। अर्थसचिव अविर मादेन लिम्बु र सह–अर्थसचिव किरण लिङ्गदेन निर्वाचित भएकाछन्।

सचिवालय सदस्यहरु सोहित चेम्जोङ्ग, चन्द्र आङ्गदेम्बे, रुद्र नेम्बाङ्ग, अशोक योङ्गहाङ्ग र कन्द्रिय सदस्यहरु रेखा राई, कविता नेम्बाङ्ग, हिमाल फोम्बो लिम्बु, गौतम लावती, तिलविक्रम थेगिम, टिकाराम खड्का, एकोन आङ्गला, शुक्र लिम्बु, वीरेन्द्र जव्गु, यवुराज वेघा, मोहन तुम्खेवा, सरोज चौलागाई, सुरेन्द्र तुम्खेवा, मंजुल वनेम, यामकुमार राई, पदम बहादुर कार्की, फणिन्द्र ठकुरी, सन्त बहादुर योङ्गहाङ्ग, संचमान जवेगु, लक्ष्मीप्रसाद योङ्गहाङ्ग निर्वाचित भएकाछन्।

यसअघि अध्यक्ष नरेन्द्र एभेङ्ग लिम्बुको सभापतित्वमा सम्पन्न समायोजन कार्यक्रमका प्रमुखअतिथी जनजाती महासंघका अध्यक्ष विनेस तामाङ्गले जनजातीहरुको मुद्धा उठाउनका लागि वैचारिक शक्तिहरुको निर्माण आवश्यक रहेको बताउदै केन्द्रिय संरचनामा व्राम्हणवाद हावी रहेकोले अन्तत आन्दोलन नगरी जनजाती हक अधिकार स्थापित हुन नसक्ने जनजातीहरुका वारे संयुक्त राष्ट्रसंघको घोषणापत्र १६९ बुदाँमा लेखिएको कार्यान्वयन हुनबाट अड्काइरहने बताउदै अव आन्दोलनको शुरुआत भएको बताए । जनजातीहरुभित्र शैक्षिक र आर्थिक क्रान्तिसमेत ल्याएर सक्षम भएर अघि बढ्नुपर्ने पर्ने चुनौति रहेको पनि प्रमुख अतिथिको भनाइ थियो।

विशेष अतिथि नेपाली महिला समाजका अध्यक्ष रेखा राईले जानजातीले प्राप्त गनुृपर्ने हक अधिकारको लडाई लड्ने सवालमा आफू मौलिक र व्यक्तिगत रुपमा जनजातीको छोरीचेली भएकोले हाम्रो जातिय पहिचान र स्वायत्तताको लागि लड्दै आएको र सवै जानजाती, भाषा धर्म, संस्कृति अटाउन सक्ने समावेसी राजनितिक पार्टी संघिय लिम्बुवान पार्टी, नेपाललाई आफ्नो व्यक्तिगत समर्थन रहेको बताइन्।

किरात याक्थुङ्ग चुम्लुङ्गका अध्यक्ष लोकेन्द्र तुम्रोक लिम्बुको संयोजकत्वमा मोहन तुम्खेवा र किशोर सुनुवार सदस्य रहेको तीन सदस्यीय समायोजन समितिले सम्पुर्ण समायोजनको प्रक्रिया सम्पन्न गर्दै निर्वाचित कार्यकारी समितिलाई संयोजक लोकेन्द्र तुम्रोकले सपथ ग्रहण गराएका थिए।

उपमहासचिव डम्बर लिवाङ्गको संचालन तथा उपाध्यक्ष देवी थेगुवाको स्वागत मन्तव्य रहेको सो कार्यक्रममा राष्ट्रिय गान, शहिदहरुप्रति सम्मान गर्दै मौनधारण गरिएको थियो । यस कार्यक्रममा अन्य अतिथीहरु संघीय लिम्बुवान पार्टी, नेपाल प्रवास समितिका अग्रज व्यक्तिहरु, नेपाली महिला समाजका कोषाध्यक्ष सुष्मिता भुषाल, कविता नेम्बाङ्ग लगायत रहेका थिए।





Comments

comments

1575