Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

किरात राई युवा संघमा नयां नेतृत्व

बिसन राई / एचकेनेपाल डट कम –
धरान, ४ असोज। किरात राई युवा संघको धरानमा सम्पन्न प्रथम राष्ट्रिय सम्मेलनले मोहन राईको नेतृत्वमा सत्र सदस्यीय केन्द्रिय समिति सर्वसम्मत निर्वाचित गरेको छ।

किरात राई यायोक्खा जिल्ला कार्य समितिको यलम्वर भवनमा सम्पन्न उक्त सम्मेलनमा उपाध्यक्षमा क्रमशः रामकाजी वान्तवा र विनोद राई निर्वाचित भएका छन्।

महासचिवमा हेमकुमार राई, सचिवमा नविन राई र सञ्जय राई निर्वाचित भएका छन्। कोषाध्यक्षमा प्रितिराज राई निर्वाचित भएका छन्। संघको केन्द्रिय समितिका सदस्यहरुमा नेम्वर राई, प्रकाश राई, प्रतिमा राई, ईमा राई, अम्वीका राई, राजिव राई, राजेन्द्र राई, आशा राई र शशि राई निर्वाचित भएका छन्।

नवनिर्वाचित मोहन प्रसाद राईले अब सम्पूर्ण किरात राई युवाहरुलाई गोलबन्द गरी उनिहरुको समग्र आर्थिक, सामाजीक र राजनैतिक अधिकारका लागि संघले सक्रिय भूमिका खेल्ने बताए। निर्वाचित केन्द्रिय समितिलाई किरात राई यायोक्खाका केन्द्रिय उपमहासचिव तथा अध्यक्ष मण्डलका अध्यक्ष शंकर साम्पाङले सपथ खुवाएका थिए। किरात राई यायोक्खाको भातृसंस्थाको रुपमा रहेको यो संघ सम्पूर्ण किरात राई युवाहरुको साझा संस्था हो।





Comments

comments

1577