कतारमा यसरी मनाइयो तमू ल्होसार (फोटो फिचरसहित)

बिल गुरुङ दोहा, कतार ।
तमू (गुरुङ) हरुको महान तथा राष्ट्रिय पर्व ल्होसार कार्यक्रम कतारका तमूहरुले भब्यताका साथ सम्पन्न गरेका छन । तमू (गुरुङ) समाज, कतारले गत डिसेम्वर ३० तारिख तथा पौष १५ गते शुक्रवारका दिन च्ह ल्होसार तथा स्यों कैं कार्यक्रम २०७३ को आयोजना गरि कतारमा कार्यरत तमू तथा गैर तमूहरुको बृहत उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो।

समाजका अध्यक्ष खेम तमूको सभापतित्वमा सम्पन्न कार्यक्रममा एनआरएनए आईसीसी मध्यपुर्व सहसंयोजक उमेश अधिकारी प्रमुख अतिथि थिए । कार्यक्रमको सभापतिलाई समाजका प्रमुख संरक्षक बिलबहादुर तमूले क्रेगि (फेटा) र प्रमुख अतिथिलाई तमूहरुको मौलिक परम्परा अनुसार क्रेगि र र्हेङा (भाङग्रा) लगाई दिई सम्मान गरेका थिए । प्रमुख अतिथिबाट द्विप प्रज्वलित गरि कार्यक्रमको बिधिवत उद्घाटन गरिएको थियो।

तमू समाज, कतारको आयोजनामा सम्पन्न यस वर्षको च्य्ह ल्होसार तथा स्यों कै कार्यक्रम – २०७३ मा विशेष अतिथिको रुपमा समाजका संरक्षक द्वय रामबहादुर तमू र बुधबल तमू, निर्देशक सल्लाहकार कृष्णबहादुर तमू, एनआरएनए आईसीसी सदस्य हंशराज ढकाल क्षेत्री, एनआरएनए एनसीसी कतारका अध्यक्ष बिनेश तामाङ, नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष देवराज राई लगायत थिए । समाजको संरक्षकत्वमा स्थापित तमू प्ये ता“ ल्हु ता“ समितिका अध्यक्ष भविराज तमू, तमू सांस्कृतिक परिवारका अध्यक्ष मदन तमू, तमू खेलकुद समितिका अध्यक्ष सुर्य तमू, पुर्वाञ्चल सम्पर्क समितिका संयोजक केशरसिंह तमू, पश्चिमाञ्चल सम्पर्क समितिका संयोजक पुर्ण तमू, महिला विभागकी सहसंयोजक शोभा घले तमूस्यो साथै कतारमा स्थापित महासंघमा आबद्ध मातृसंस्थाहरु, विभिन्न राजनितिक पार्टीका प्रवास संगठनहरु, जिल्ला संस्थाहरु, साहित्यिक संस्थाहरु लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु र सामाजिक अभियन्ताहरुको आतिथ्यतामा सम्पन्न ल्होसार विशेष कार्यक्रमको औपचारिक कार्यक्रम महासचिव खुशीमान तमूले सञ्चालन गरेका थिए।

प्रथप उपाध्यक्ष रस (शिव) तमूले स्वागत मन्तब्य राखेको कार्यक्रममा नेपालको राष्ट्रिय गीत सयौं थुंगा फुलका हामी एउटै माला नेपाली……. लाई स–सम्मान गाईएको थियो । त्यसै गरि त्धिंनी धोंले च्योंल खा“गे, मुसर धोंले च्योंल खा“गे….. बोलको तमू राष्ट्रिय गीतलाई तमू सांस्कृतिक परिवारका कलाकारहरु र आफनै जातिय पहिरनमा सजिएका समाजका पदाधिकारी र सदस्यहरुले आकर्षक ढंगबाट प्रस्तुत गरेका थिए ।

प्र ल्होलाई बिदाई र च्य्ह ल्होलाई स्वागत
यस वर्ष प्र ल्हो (बा“दर वर्ग) को बिदाई र च्øह ल्हो (चरा वर्ग) लाई स्वागत गर्ने वर्षको रुपमा ल्होसार मनाईएको छ । पच्यु चिवा निल तमू र क्लेब्री चिवा खडग तमूले संयुक्त रुपमा रुपा (रिपा) मन्तार्दै प्र ल्हो भएका ब्यक्तिहरुलाई रिपा लगाई वहा“हरुको आउने दिनको शुख शान्तिको कामना गरेका थिए भने आउने च्øह ल्हो भएका ब्यक्तिहरुलाई रिपा लगाई यस वर्ष वहा“हरुको वर्गले ल्याउने सबै नराम्रो ग्रह शान्तिको कामना गरियो । रिपा लगाउदै गर्दा हल नै स्याई स्याईको आवाजले गुञ्जायमान भएको थियो ।

तमू म्रु (राजा) लाई सम्मान
तमू समुदायमा छेलो खेलको विशेष महत्व रहेको हुन्छ । परम्परागत रुपमा छेलो फालेर राजा (मु्र) चुन्ने चलनलाई ईतिहासबाट बिलाएर नजाओस भन्ने हेतुले विगत केहि वर्षदेखि कतारमा पनि तमू समाज कतारले कतारमा कार्यरत तमू यूवाहरुको बिचमा छेलो प्रतियोगिता आयोजना गर्दै आएको छ । त्यसैको निरन्तरता स्वरुप च्øह ल्होसार पर्वको अवसार पारेर गत २३ डिसेम्वरका दिन छेलो प्रतियोगिताको आयोजना गरिएको थियो । समाजको संरक्षकत्वमा स्थापित तमू खेलकुद समितिको संयोजनमा आयोजना गरेको उक्त प्रतियोगितामा तनहु“ फिरफिरे गाविस वार्ड नं. ५ बराह डा“डाका रविन तमूले सबै प्रतियोगिहरुलाई पछि पार्दै प्रथम भएका थिए र यस वर्षको तमू म्रु (राजा) हुन सफल भए । त्यसै गरि लम्जुङ फलेनी गाविस वार्ड नं. ५ माझ खर्कका अशोक तमूले प्रतियोगितामा दोश्रो स्थान हासिल गर्न सफल भए । प्रथम तमू म्रु र दोश्रो हुन सफल क्रमशः रविन र अशोकलाई परम्परागत रुपमा क्रेगि, प्रमाणपत्र र कप प्रदान गरि सम्मान गरिएको थियो ।

विशेष सम्मान कार्यक्रम
विगतका वर्षहरुमा झै यस वर्ष पनि समाजलाई विशेष योगदान गरेका ब्यक्तित्वहरुलाई सम्मान गरेको छ । स्थापना कालदेखि समाजलाई अतुलनिय योगदान गरेका समाजका कर्मठ ब्यक्ति तथा तमू खेलकुद समितिका अध्यक्ष सुर्य तमू र सकृय र सहयोगि सदस्य सुरेश तमूलाई क्रेगि र प्रमाणपत्रद्वारा विशेष सम्मान गरिएको छ । त्यसै गरि तमू सांस्कृतिक परिवारकी कलाकार तथा महिला विभागकी सकृय सदस्य पुष्पा तमूस्योलाई क्रमु (पछ्यौरी) र प्रमाणपत्रबाट विशेष सम्मान गरिएको छ ।

यस वर्ष भरि तमू खेलकुद समितिमा रहेर विभिन्न समयमा आयोजना भएका भलिबल प्रतियोगितामा आफनो खेल कौशल प्रस्तुत गर्दै समाजको नाम उच्च राख्न अतुलनिय योगदान पु¥याउने खेलाडीहरुलाई फुलको माला र प्रमाणपत्रद्वारा सम्मान गरियो । सम्मानित हुनेहरुमा क्रमशः टिम क्याप्टेन गुजमान तमू, सुरज तमू, मोहन सुनार, धिरज जंग शाही, जीवन तमू, राम परियार, सचिन क्षेत्री, राजु थापा, निर आले मगर, कृष्ण लामिछाने, प्रविण तमू, राजु तमू, टिम म्यानेजर सुर्य थापा र राष्ट्रिय रेफ्रि तथा प्रमुख प्रशिक्षक मोहनबहादुर तमू लगायत थिए ।


शुभकामना मन्तब्य

तमूहरुको मौलिक र महान पर्व अव नेपालीहरुको राष्ट्रिय पर्व बनेको छ । त्यसैले यो केवल तमू समुदायको मात्रै नभएर समग्र नेपालीको पर्व बन्न गएको छ । तमू समाज कतारले विगत देखि निरन्तर रुपमा आफनो पर्वलाई कतारमा विशेष प्रकारले मनाउदै आएकोमा धन्यवाद पनि ब्यक्त गरियो । बैदेशिक रोजगारको शिलसिलामा नेपालको विभिन्न भागबाट कतारमा कार्यरत नेपालीहरुले एक अर्काे समुदायमा निहित पर्व र चलन चल्तिहरु एक आपसमा सेयर गर्ने बुझने र बुझाउने अवसर प्रदान गरेकोमा आयोजक तमू समाज कतारको टिमलाई धन्यवाद दिदै यसको निरन्तरताको अपेक्षा गर्दै संस्था र यसमा आबद्ध सबैको उन्नती र प्रगतिको शुभकामना ब्यक्त गरियो । यसरी शुभकामना ब्यक्त गर्ने अतिथिहरुमा नेपाल पत्रकार महासंघ कतार शाखाका सभापति गणेश बञ्जाडे, जिल्ला संस्थाहरुको प्रतिनित्व गर्दै कास्की आदर्श सेवा समाज कतारका अध्यक्ष मनप्रसाद राना मगर, मातृ संस्थाहरुको प्रतिनिधित्व गर्दै प्रवासी भुजेल सेवा समाजका महासचिव शिवकुमार भुजेल, सामाजिक अभियन्ता बिमल सुबेदी लगायत थिए । त्यसै गरि विशेष अतिथिहरुमा नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष देवराज राई, एनआरएनए एनसीसी कतारका अध्यक्ष बिनेश तामाङ र प्रमुख अतिथि उमेश अधिकारी लगायतले तमू ल्होसारको शुभकामना मन्तब्य राखेका थिए । ल्होसार विशेष कविता र गजल वाचन गर्ने साहित्यकारहरुमा क्रमशः अन्तरराष्ट्रिय नेपाली साहित्य समाज, कतार च्याप्टरका अध्यक्ष रेगिष्तानी कवि तर्थ संगम राई र नवोदित साहित्यिक वाचनालय कतारका उपाध्यक्ष ईश्वर शाही थिए ।

रमाईलो सांस्कृतिक कार्यक्रम
तमू ल्होसार विशेष कार्यक्रमको आकर्षक पक्ष सांस्कृतिक कार्यक्रम थियो । यसै कार्यक्रमको लागि नेपालबाट ख्याति प्राप्त कलाकारहरु मौशमी गुरुङ, देबिका केसी गुरुङ र नव नायिका रिया गुरुङलाई विशेष प्रस्तुतिका लागि आमन्त्रण गरिएको थियो । युगल गायनमा मौशमी तमूस्योलाई राजन घले तमूले र युगल नृत्यमा रिया तमूस्योलाई भिमप्रसाद तमूले साथ दिएका थिए । आमन्त्रीत कलाकारहरुको प्रस्तुति आफैमा आकर्षक थियो नै त्यसमा पनि समाजको संरक्षकत्वमा स्थापित तमू सांस्कृतिक परिवारका कलाकारहरुको प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएको थियो । तमू सांस्कृतिक परिवारका अध्यक्ष मदन तमूका अनुसार विगत लामो समयदेखि प्रमुख नृत्य निर्देशक भिमप्रसाद तमू र अर्का नृत्य निर्देशक राजन तमूको प्रत्यक्ष निगरानीमा कतारमा स्थापित कलाकारहरुको तयारीले पनि ल्होसारको प्रस्तुति राम्रो बनेको हो । गैरआवासीय नेपाली नृत्य तारा २०१४ बिजेता अन्जना तामाङ र दोश्रो हुन सफल मिना मगर साथै नेपाली मेला २०१३ युगल तथा सामुहिक नृत्यमा प्रथम हुन सफल तथा कतारमा स्थापित कलाकार यशोधा बस्नेत लगायत धेरै कलाकारहरुको प्रस्तुति नै ल्होसार कार्यक्रमका थप आकर्षणहरु थिए । यसरी आआफनो प्रस्तुति दिने अन्य कलाकारहरुमा पुष्पा, टिका, सम्झना, श्रृजना, प्रतिक्षा, लक्ष्मी, डिलकुमारी, सिमा, ईन्द्र, पुजा, शोफिया घले तमूस्यो, लिल, सुजन, जङग, पुरन, प्रविण, विष्णु, सुरज, सुर्य, कुमार, बिर्ख, सुरेस, सुनिल, योगेश लगायत स्वयंम प्रमुख नृत्य निर्देशक भिमप्रसाद तमू थिए । निनल तमूको सालैजो र ईन्द्र तमू, ज्ञानु तमू लगायत साथिहरुको चुडकामा सिमा तमूस्यो, रिया तमूस्यो र उमा तमूस्योको सामुहिक नृत्यले सबैलाई नाच्न बाध्य बनाएको थियो । सांस्कृतिक कार्यक्रमको अन्तमा ईन्द्र र मालतिको आकर्षक दोहोरीमा सबै रमाउदै झुमेका थिए । सांस्कृतिक कार्यक्रमलाई समाजका सचिव तेज तमूले आकार्षक ढंगबाट सञ्चालन गरेका थिए ।

स्यों कैं कार्यक्रम
तमू ल्होसारको अर्को बिशेषता भनेको स्यों कैं पनि हो । स्यों कैंको लागि सेल रोटि, अचार, खसि र कुखुराको मासु भात लगायतका मीठो परिकारले सहभागि सबैको मन खुसी पारेको थियो । आजीवन सदस्य भेष तमू र वहा“को टीमले खाना तयार गरेका थिए । तृत्तीय उपाध्यक्ष हरीकाजी तमू, राजेन्द्र भण्डारी, अरुणा तमूस्यो, तारा तमूस्यो, सुनिता तमूस्यो लगायतको टीमले सेलरोटी तयार पारेका थिए । सम्झना तमूस्यो र टिका तमूस्योको टीमले अचार र धनु तमूस्योले सब्जि तयार गरेका थिए । स्यों कैं धेरै नै स्वादिष्ट भएको सहभागि सबैले मिठो टिप्पणी गरेका थिए।

धन्यवाद ज्ञापन
कार्यक्रमका सभापति तथा समाजका अध्यक्ष खेम तमूले प्रमुख अतिथि, विशेष अतिथिहरु, अतिथिहरु लगायत सहभागि सबैलाई धन्यवाद ब्यक्त गरेका थिए । साथै कार्यक्रम स्थलमा स्वयं उपस्थित भएर आर्थिक सहयोग गर्नु हुने ब्यक्तित्वहरु क्रमशः द गोरखा रेष्टुरेण्ट खडक सुब्बा – क.रि.६०१÷–, एभरेष्ट नेपाल यूथ एशोसिएशन अध्यक्ष उत्तम तमू – क.रि.१,०००÷–, पर्वत सेवा समाज – क.रि.१०१÷–, आर्थर डा“डा खर्क सेवा समाज – क.रि.१२५÷–, कृष्ण बराल, लम्जुङ – क.रि.१५१÷–, बिमल सुबेदी, कास्की – क.रि.१०१÷–, कभर न्यू जेनेरेशन एण्ड एग्रिकल्चर प्रा.लि. पदमबहादुर तमू – क.रि.३११÷–, तमू प्ये ल्हु संघ, बुद्धि तमू – क.रि.१००÷–, लालबहादुर तमू, सोलुखुम्बु – क.रि.५०१÷–, दुतबिर तमू, लम्जुङ – क.रि.११०÷–, भिम लोगो तमू – क.रि.१५५÷–, तमू समाज कतार, पुर्वाञ्चल सम्पर्क समित सदस्य, योगेन्द्र तमू – क.रि.७७७÷–, राजु तमू – क.रि.२००÷–, सुरेशकुमार तमू, स्याङजा – क.रि.१०५÷–, ओखलढुंगा सेवा समाज – क.रि.१५१÷–, भोजपुर सेवा समाज – क.रि.१०१÷–, लम्जुङ सेवा समाज – क.रि.३०१÷–, शिवराज क्रोम्छे तमू – क.रि.१११÷–, दुर्गाप्रसाद अधिकारी – क.रि.२०÷–, तनहु“ सेतिदोभान सेवा समाज – क.रि.५००÷–, सन्तबहादुर तमू, कास्की – क.रि.२००÷– लाई बिशेष धन्यवाद ब्यक्त गरे । तमूहरुको महान पर्व र यसमा समावेस सबै कार्यक्रमहरुलाई सफलताका साथ सम्पन्न गर्न अहोरात्र खटनु भएका समाजका पदाधिकारी तथा सदस्यहरु लगायत शुभचिन्तक सहयोगिहरु सबै प्रति आभार ब्यक्त गर्दै आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्ष राख्दै अर्को ल्होसारमा भेटने वाचा सहित सभापतिले कार्यक्रम समापन गरेका थिए।

थप फोटोहरु यहाँ हेर्नुहोस्

….
….





Comments

comments

Leave a Reply

15813