Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कालो झण्डा देखाएर यसरी गरियो भारतीय राजदूत रेको विरोध

धनगढी, निर्माण सम्पन्न नभई हुलाकी राजमार्ग उद्घाटन गरिएको भन्दै कैलालीका स्थानीय बासीन्दाले भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखक र भारतीय राजदूत रन्जित रेलाई कालो झण्डा देखाएका छन्।

कैलाली जिल्लाको हुलाकी राजमार्गको १८ किलोमिटर सडक र ६ वटा पुल निर्माण हुन बाँकी रहेपनि मन्त्री लेखक र राजदूत रेले बिहीबार संयुक्त रुपमा उद्घाटन गरेका छन्।
….
[wds id=”4″]
….
स्थानीयको चर्को नाराबाजीका बीच धनगढीको क्याम्पसचोकमा राजमार्ग उद्घाटन गरिएको खबर नागरिक दैनिकमा छ।

राजदूत रेलाई एमाले र जनमोर्चाका कार्यकर्ताले कार्यक्रमस्थलमै कालो झण्डा ओढाएका थिए।

विरोधमा उत्रिएका एमाले जिल्ला समिति सदस्य दीर्घराज जोशीसहित ६ जनालाइ पक्राउ गरेर केही समयपछि छाडिएको प्रहरीले जनाएको छ।
….
[wds id=”2″]
….





Comments

comments

Leave a Reply

15974