साल्मेडाँडामा गोर्खा समाधिको निर्माण अन्तिम चरणमा…

हुम तमु / एचकेनेपाल डट कम-
पोखरा, ६ माघ। स्याङजा जिल्ला, फेदिखोला गाविस वडा नं. ८ साल्मेडाडामा निर्माण भईरहेको गोर्खा स्मारकको पहिलो चरणको निर्माण अन्तिम चरणमा पुगेको छ । विहीवार गोर्खा स्मारकको गोर्खा समाधिको अन्तिम ढलान सम्पन्न गरिए पश्चात पहिलो चरणको निर्माण कार्य अन्तिम चरणमा पुगेको गोर्खा भूतपुर्व सैनिक संघ गेसोका निर्वतमान अध्यक्ष पदमबहादुर गुरुङले बताउनुभयो।

गोर्खा समाधिको अन्तिम चरणको ढलानका लागि पोखराको पुन समाज बैदाम क्षेत्र आमा समिति देखि साल्मे डाडाँको नजिकै रहेको दामगाडे माविका विद्यार्थीहरुले श्रमदान गरेका थिए । उसो त ढलानमा सहभागीहरुलाई स्थानीय दिदिवहिनीले सोलीमा रोटी, तरकारी, अचार कोसेली ल्याउदा स्थानीयबासीको गोर्खा स्मारक निर्माणमा साथ रहेको प्रष्ट्याएको थियो।

नेपालको बास्तविक इतिहास कसैले खोजेनन्, हाम्रो स्वाभिमान बेचिएकोछ सबैले बुझ्नुपर्दछ भन्ने आग्रह गर्नुहुदै गोर्खा स्मारक निर्माण समितिका अध्यक्ष समेत रहनु भएको गेसोका निवर्तमान अध्यक्ष पदमबहादुर गुरुङ नेपाल स्वतन्त्र राष्ट्र नभएको जिकिर गर्नुभयो । नेपाल स्वतन्त्र भए भर्तीको नाउँमा मानव तस्कर किन गरिन्छ प्रश्न गर्नु हुदै उहाँले किन नेपाल सरकारले भर्ती, विश्वयुद्धमा बेपत्ता भएका, मारिएका र घाइतेहरुको तथ्यांक दिन सक्दैन भनेर प्रश्न गर्नुभयो । अनाहकका बेलायती साम्राज्यका निम्ती बेचिएर विश्वयुद्धहरुमा मारिएका, वेपत्ता पारिएकाहरुको स्मरणमा निर्माण शुरु गरिएको गोर्खा स्मारकको पहिलो चरणको समाधि अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । गोर्खाहरुको प्रतीक स्वरुप मुर्ति बनाउने तयारीमा रहेको छ, उक्त मुर्तिहरु प्रतिस्थापन पश्चात समाधि सम्पन्न हुने बताउनुभयो । समाधि अब ६ महिनामा पुर्ण रुपले सम्पन्न हुने उहाँले बताउनुभयो।
….

….

समाधि निर्माणका लागि करिब ५ करोड खर्च भईसकेको बताउनुहुदै अध्यक्ष गुरुङले दोश्रो चरणमा गोर्खा संग्रहालय, तेश्रो चरणमा गोर्खा ग्राम, चौथो चरणमा गोर्खा टावर, पार्चौ चरणमा भरतपोखरीसम्म रेल, रेष्टुरेण्ट लगायत निर्माण गरिने बताउनुभयो । गोर्खा स्मारक निर्माणका लागि करिब ९ अरब खर्च लाग्ने उहाँले बताउनुभयो।

समाधि निर्माण स्थलमा भेटिनु भएका स्थानीय ७९ वर्षीय तारापति सुवेदीले उक्त क्षेत्र र राष्ट्रका लागि गौरब हुने निर्माण कार्य साल्मेडाडामा भईरहेकाले स्थानियवासीका सक्दो सहयोग रहेको बताउनुभयो । हामीले उक्त निर्माण सम्पन्नका लागि अध्यक्ष पदमबहादुर गुरुङलाई साथ सहयोग मात्रै नभएर प्रोत्साहन पनि गरिरहेका छौ भन्नुभयो।


ढलानमा श्रमदान गरिरहेकी दामगाडे माविको कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरु अस्मिता गुरुङले उक्त क्षेत्रको पर्यटन विकासका लागि गोर्खा स्मारकले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । दामगाडेकै विद्यार्थी विशाल मिजारले गोर्खा स्मारकले साल्मेडाडा क्षेत्र प्रचारप्रसार हुने, रोजगारीको अवसरहरु प्राप्त हुने बताउनुभयो । यसरी नै सपना घर्ती मगरले गोर्खा स्मारक निर्माणले उक्त क्षेत्रमा विकासले तिव्रता पाउने भएकाले आफुहरु पनि श्रमदान गरिरहेको बताउनुभयो।
….
….

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

15977