Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

६ महिनाकी गर्भवतीलाई निर्ममतापूर्वक जलाइयो

नेपालगन्ज। नेपालगन्जस्थित बाँकेगाउँमा बस्दै आएकी ६ महिनाको गर्भ रहेकी एक महिलालाई आगो लगाएर विभत्स रूपमा जलाइएको छ। प्रहरीले ३० वर्षीया साजाहाँ राई कबडियालाई जलाएको आशंकामा उनका पति मोहमद समीरलाई पक्राउ गरेको छ।

शरीर पूरै जलेकी गर्भवती साजाहाँलाई शुक्रबार राति उपचारका लागि भेरी अञ्‍चल अस्पतालमा भर्ना गरिएको छ। अस्पतालकी नर्स सुभद्रा रोकायले उनको अवस्था अत्यन्तै नाजुक रहेको बताइन्।

‘छटपाइरहेकी छन्, स्लाइन दिने ठाउँसमेत छैन, नसाहरू सबै जलेका छन्’, रोकायले भनिन्। अस्पतालमा साजाहाँका कुरुवासमेत कोही छैनन्। ‘यताउताबाट हामीले नै औषधिउपचार गरिरहेका छौं’, रोकायले भनिन्।

अस्पतालमा खटिएका प्रहरी जवान नरेन्द्र केसीले एकजना आफन्त हुँ भन्दै आएको तर खाना लिन जान्छु भनेर हिँडेपछि फर्केर नआएको समाचार आजको अन्नपूर्ण पोष्टमा छापिएको छ। ‘कोही आफन्त पनि आएका छैनन्, पानी र खाना दिने मान्छे पनि कोही छैन’, केसीले भने।

साजाहाँले भने पतिलाई प्रहरीले पक्राउ गरेकाले आफूले केही नबोल्ने बताइन्। ‘मेरो श्रीमान्लाई प्रहरीले प्रक्राउ गरेको छ, म केही भन्दिनँ’, उनले भनिन्। प्रहरीले साजाहाँलाई परिवारकै सदस्यले जलाएको आशंका गरेको छ।





Comments

comments

1599