Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सबैले मलाई घृणा गरेपनि तिमीलाई वाहवाह गरुन् (भिडियोसहित)

रसैली रेम / एचकेनेपाल डट कम
अडियोमै स्रोताहरुमाझ लोकप्रिय भैसकेको आधुनिक गीत ‘सबैले मलाई घृणा गरेपनि’को म्यूजिक भिडियो सार्वजनिक भएको छ।

‘उन्माद’ एल्बममा समावेश यो गीतको भिडियो सामाजिक संजाल यूट्युबबाट सार्वजनिक भएको हो। भिडियो सार्वजनिक भएसंगै यसका भ्यूअर्सहरु पनि ह्वात्तै बढेका छन्।

सेञ्चुरी सुरेश घमालले लेखेको यो गीतलाई शिव परियारले गाएका हुन् । सिआरविटी पिआरविटी पनि अत्याधिक प्रयोग भएको यो गीतको भिडियो रोहन नेपालीले निर्देशन गरेका हुन्। दिपक शर्मा यो गीतको संगीतकार हुन्। पोखरामा छायाँकन भएको भिडियोलाई मिलन शंकरले खिचेका हुन्। भिडियोमा रेम बिक, प्रतिक्षा सुनार र शिव सुनारले अभिनय गरेका छन्।

‘स्रोताहरुबाट भिडियोको अत्याधिक माग भएका कारणले हामीले यो भिडियो ल्याएका हौँ।’ गीतकार घमालले भने–‘दशैँको शुभकामना स्वरुप हामीले यो भिडियोलाई दशैँको छेकोमा सार्वजनिक गरेका हौँ।’ प्राविधिक र स्टोरिलाईनको हिसाबले भिडियोलाई उत्कृष्ट बनाउन खुब मेहेनत गरिएको उनले जानकारी दिए।

यस्तै केहि दिनमा यहि गीतको ‘महिला भर्सन’ भिडियो पनि सार्वजनिक हुने गीतकार घमालले जानकारी दिए । ‘महिला भर्सन’ गीतको भिडियो निर्देशन संचारकर्मी संजोग बस्यालले गरेका छन्।





Comments

comments

1604