Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अमेरिकाको बाल्टिमोरमा यसरी घन्कियो नौमती “पञ्चे बाजा”

खेम भट्टचन –
अमेरिकाको बाल्टिमोर शहरमा नेपाली “पन्चे बाजा” घन्केको छ। बाल्टिमोरमा बसोबास गर्ने म्याग्दी जिल्लाबासीहरुले नौमती पन्चे बाजाका सामानहरु नेपालदेखी अमेरिका ल्याएका हुन्।

नर्थ अमेरिका महादेशकै सबैभन्दा जेठो संस्था अमेरिका नेपाल सोशाईटी १९६७ का पूर्ब अध्यक्ष खेम भट्टचनले ” पोखराको बस … …… आईपुग्यो खैरेनी …… झल्को लाईरनी …. . ” भन्ने नेपालको प्रचलित लोकभाकाको गीत झिकेर पन्चे बाजा बजाईयो।

एक्स ब्रिटिश गुर्खाज अफिसर क्याप्टेन दल बहादुर रोका भन्छन् नेपालको ठेट लोक संस्कृति मार्फत बिदेशमा नेपाल चिनाऊने प्रयास गर्नको लागि बडो दुख र खर्च गरेर हामीले खल्तीको पैसाले नेपालदेखि पन्चे बाजाका सामानहरु अमेरिका ल्याएका हौँ। नेपाल सरकारले सुको पैसा नि सहयोग गरेको छैन।

म्याग्दी जिल्ला ताकम धारापानीका मोहन थापा संचालक रहेको नेपालको पार्टी प्यालेश जस्तै जस्तै बाल्टिमोरको पुलश्की हाईवे ४० स्थित पार्कर्स नाम गरेको मोटेलको ब्यांक् वेट हलमा गत: आईतबार जनवरी २९ तारिखका दिन म्याग्दी समाज यु एस ए को सातौं बार्षिक साधारण शभा
आयोजना गरिएको थियो।
….
[wds id=”2″]
….
बरिष्ठ लोकगायक तथा नेपाल सरकारका महाबाणिज्यदूत प्रेमराजा महतले पानसमा बत्ती बालेर ऊद्घाटन गर्नुभएको उक्त साधारण शभा म्याग्दी समाजका अध्यक्ष राम प्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो। एनआरएन एनसिसी युएसएको अध्यक्ष पदका उम्मेद्वार तथा बर्तमान उपाध्यक्ष रबिना थापा र आदिबासी जनजाति महिला महाशंघ नेपालका केन्द्रिय उपाध्यक्ष कुसुम भट्टचन अतिथि र प्रेमराजा महत प्रमुख अतिथि रहेको उक्त सभा समाजका महासचिब इन्द्र बहादुर थापाले संचालन गरेका थिए।

बिदेशमा ठूला ठूला कुरा मात्रै गर्ने काम भने माखो नमार्ने बैंक खातामा पन्ध्र सय पनि नभएका सँस्थाहरुले राम्रै पाठ सिक्नेगरी कोषाध्यक्ष आशा पुनले म्याग्दी समाजले एकबर्षमा ३१,२२६.८३ एकत्तिस हजार ? दुई सय छब्बीस डलर आम्दानी गरेको आर्थिक प्रतिबेदन प्रस्तुत गरिन्।

म्याग्दी जिल्लालाई पहिलो वाईफाई फ्री जिल्ला गराऊने म्याग्दीबासी डा. महाबिर पुनको अभियानको लागि म्याग्दी समाज यु एस ए ले बजेट छुट्याएर पैसा बैंकको मुद्धती खातामा राखिएको कुरा पनि कोषाध्यक्ष आशा पुनले बताईन्। संसारका २७ मुलुकमा छरिएर रहेका म्याग्दीबासीहरुको अन्तरास्ट्रिय संगठन मोनाले म्याग्दी जिल्लालाई पहिलो वाईफाई फ्री जिल्ला घोषणा गर्नको लागि रु. एक करोड नगद चन्दा संकलन गरिसकेको छ।

बानाका पूर्ब अध्यक्ष कृष घिमिरे, डा चक्र बुढाथोकी र प्रशान्त श्रेष्ठ ३ जनाको निर्बाचन समितीले आगामी दुई बर्ष २०१७ – २०१९ को लागि म्याग्दी समाज युएसएको निम्न अनुसारको नयाँ कार्यसमिती घोषणा गरिएकोछ:

१) अध्यक्ष – अमर छन्त्याल
२) बरिष्ठ उपाध्यक्ष – ईन्द्र बहादुर थापा
३) ऊपाध्यक्ष – खमान छन्त्याल
४) महासचिब – निलम पुन
५) सचिब – मंजु पुन
६) कोषाध्यक्ष – बेक पुर्जा
७) सह कोषाध्यक्ष – जे बि पुन
८) संचार निर्देशक – सुरेन्द्र भण्डारी
९) सदस्यता निर्देशक – खगेन्द्र छन्त्याल
१०) सदस्य – अमृत रामदान
११) सदस्य – भबिस्वोर पुन
१२) सदस्य – मन बहादुर रोका
१३) सदस्य – किशोर केसी
१४) सदस्य – दिपा पुन कार्की
१५) सदस्य – अन्जु थापा

अध्यक्ष अमर छन्त्याल बाल्टिमोरका एक सफल ब्यबसायी तथा सामाजसेवी हुन्। ३०० सिट क्षमताको बाल्टिमोरको सबैभन्दा ठूलो नेपाली रेस्टुरेन्ट माउन्ट एभरेस्टका संस्थापक हुन् भने ऊपाध्यक्ष खमान छन्त्याल पनि बाल्टिमोरका ४ वोटा बिजनेशका मालिक हुन्। बरिष्ठ उपाध्यक्ष इन्द्र बहादुर थापा कानुनका एलएलएम हुन्।





Comments

comments

Leave a Reply

16116