Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

क्याप्टेन हर्कवहादुर राईको पुस्तक विमोचित

हङकङ, क्याप्टेन हर्कवहादुर राईको वुङलावा वाशावली नामक पुस्तक नेपाली लेखक सघका वैदेशिक उपाध्यक्ष तथा साव्लावुङका सम्पादक राज कुमार राइले मकीहिलमा विमोचन गरे।

साहित्य एक कोठामा वसेर लेखन गर्न सकिन्छ यस्तो इतिहास भाषा संस्कृति संस्कार को पुस्तक लेख्नु अत्यन्तै गम्भीर अनुसन्धान खोज गर्नु पर्ने हुन्छ । किराँत इतिहास भाषा संस्कृति अनुसन्धान मुलक पुस्तक भएको पुस्तक वुङलावाहरुको लागि मात्रै नभएर इतिहास भाषा सस्कृतिको पाठकहरुका निम्ति पनि उपयुक्त भएको विश्लेषणत्मक विचार व्यत्त गर्द उहाँ जस्तो किराँत भाषा सस्कृतिमा बर्षौवाट काम गर्दै अाउनु भएको व्यतित्वलाई वुङलावा राई समाजले मात्रै होइन किरात योयक्खाले समेत सम्मान दिनु पर्ने वताए।

पछिल्लो समय हङकङमा बौद्धिक गतिविधिहरु बक्लिदै गएकोमा सकारात्मक सन्देश भएको बिचार राख्दै विदेशमा रहेका नेपाली लेखकहरुको तर्फवाट शुभकामना दिदै प्रमुख अथिति राज कुमार राईले उत्त विचारहरु व्यत गरेका थिए।

लेखक क्याप्टेन हर्क वहादुर राइले अाफू अार्मीमा हुंदा अन्य भाषालम्वीहरु अाफ्नो भाषामा कुरा गर्ने सस्कार सस्कृति कुरा गर्दा अाफ्नो लोपोन्मुख भइ सकेको भाषा संस्कृति थाहा नभएकोले पीडावोध हुने नेपाल फिरेपछि १० बर्ष अनेक खोज अनुसन्धान गरेर पुस्तक प्रकाशन गरेको वताए।

वुङलावा भाषा वोल्ने पाँच प्रतिशत पनि नराहेको अवस्था छ यसैले वुङलावा शव्दकोष लेखन अन्तिम चरणमा पुगेको पनि लेखकले जानकारी दिए । स्मरण होस नेपालको लोपोन्मुख १० भाषाभित्र वुङलावा भाषा पनि पर्दछ।

संगीतकार यादव राईले वुङलावाहरुको निम्तो स्वीकार गरेर अाउने पाहुनाहरुलाई स्वागत भाषण रहेको उत्त कार्यक्रम अान्जन राईले सन्चालन गरेका थिए ।वुङलावा राई समाज हङकङले क्याप्टेन हर्क वहादुर राईलाई कदर पत्रवाट सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा वनभोज नाच गान सुन्दर व्यवस्थापन व्यवस्था गरिएको थियो कार्यक्रमको सभापति विशन राईले वुङलावा राईहरुको काठमाडौंमा चुलाघर निर्माण गर्न सवै वुङलावाहरुलाई अनुरोध गर्दै उपस्थित सवैमा धन्यवादसहित सभा विर्सजन गरे।





Comments

comments

Leave a Reply

16127