एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, नेपालका माईकल ज्याक्सन भनेर चिनिएका गायक धीरज राईले हालै एउटा नयाँ गीत युट्युबमार्फत रिलिज गरेका छन्।
६० को दशकमा फैलिएको हिप्पी फेशनले गाँजेको ठमेल बजार, गाँजा चरेश, काठमाडौं र जीवित कुमारीको वर्णन गरिएको गीतलाई धीरजले अंग्रेजीमा गाएका हुन्।
फ्रिक स्ट्रीट ब्लुज गीतमा धीरजले त्यसबेलाको इतिहासलाई सम्झाएका छन्। गीतमा धीरजको आवाजको माधुर्य भेटिन्छ। गीतमा धीरजकै शव्द र संगीत रहेको छ।
भिडियोः