Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

ह्यान्डसम लाहुरे अब गायक…

पेशाले ब्रिटिश आर्मी भएपनि गायनका शौकिन सुरेन ताम्लिंग लिम्बु समयले साथ दिएसम्म साथीभाईहरुको जमघट होस् या विभिन्न् सांगीतिक कार्यक्रम उनी गाउन तम्सिहाल्थे।

उनको गायकीमा धेरै तारिफ आउन थालेपछि आफ्नो स्वरमा एउटा सांगीतिक एल्बम नै निकाल्ने जोश आएर “आफ्नो “ नामक एल्बम तयार गरेका छन् सुरेनले।

नेपालमा छुट्टीमा आएको मौका छोपेर उनले काठमाडौंको सेवा डिजीटलमा ६ वटा गीत रेकर्ड गरिसकेका छन् । लोक ,पप , रोमान्टिक पाराका गीतहरुको शब्द उनको आफ्नै रहेको छ भने संगीतकार उत्तमजंग लिम्बुको संगीत रहेको छ । एउटा गीतमा आफै संगीत भरेका सुरेनलाई हात तिम्रो भए बोलको गीतमा गायिका सुनिता थेगिमले साथ् दिएकी छिन्।

डार्लिंग आइ लब यु , तिमी मलाई , एउटा हात तिम्रो ,कता हिड्या निरमाया , एक्लो छ ज्यान , सोझी सोझी गाउँकी लगायतका गीतहरु रहेको उनको एल्बमका सबै गीतहरु भिजुलाइज़ समेत गरिसकेका छन्।

हरि हुमागाईं ,युगल पोमो ,कमल राई लगायतका निर्देशकहरुले निर्देशन गरेको भिडियोमा निराजन प्रधान ,पबिता राई, माला लिम्बु उपासना नेम्बांग ,लक्ष्मी श्रेष्ठ ,सिर्जना राई र चर्चित हाँस्य कलाकार विल्सन बिक्रम राईसंगै उनी आफैले समेत अभिनय गरेका छन्।

नेपाल र साइप्रसमा छायाँकन गरिएका उनका भिडियोहरु अहिले सम्पादनमा छन् । युकेमा चाडै बिमोचन गरि एल्बम लन्च गर्ने योजनामा रहेका ह्यान्डसम लाहुरेको रुपमा आफ्ना नम्बरीहरुमा परिचित अब ह्यान्डसमसंगै सफल गायकको रुपमा आफूलाई स्थपित गर्ने सुरमा छन् । उनको सफलताको कामना।





Comments

comments

Leave a Reply

16129