प्रशान्त तामांग नेपलिज धमाकाका लागि साइप्रसमा…

तेश्रो इन्डियन आइडल तथा चर्चित गायक , नायक प्रशान्त तामांग आइतबार साइप्रसको लिमासोलमा आयोजना हुने नेपलिज धमाका २०१७ कार्यक्रमको लागि साइप्रसको लार्नार्का एयरपोर्टमा ओर्लेका छन्।

उनलाई एयरपोर्टमा आयोजक ब्रिटिश गुर्खा समूह र अकि गाइजका सुरेस कुमार परियार , गोबिन्द श्रीष र डिजे जेजेले भब्य स्वागत गरेका छन्।

साइप्रसमा आउने नेपालीहरुको संख्यामा पनि उल्लेखनीय रुपमा बृद्धि हुँदै गैरहेकोले आजकल साइप्रसमा नेपाली कार्यक्रमहरुको आयोजनामा वृद्धि भैरहेको छ तर आयोजनामा निक्कै कमी कमजोरीको गुनासो पनि त्यतिकै आइरहेकोले नेपलिज धमाका २०१७ लाई अघिल्लो कार्यक्रम भन्दा भब्य र व्यवस्थित गर्न लागि परेको आयोजक सदस्य सुरेश कुमार परियारले बताए।

इन्डियन आइडल भएपछि नेपालीहरुको माया पाएर विश्वका थुप्रै मुलुकमा आफ्नो प्रस्तुति देखाईसकेका गायक तथा नायक प्रशान्त तामांग साइप्रसमा भने पहिलो पल्ट आएका हुन्। साइप्रसमा रहेका नेपालीहरु माझ कार्यक्रम गर्न पाउँदा औधी खुशी लागेको बताउदै उनले सम्पूर्ण साइप्रसवासी नेपालीहरुलाई कार्यक्रममा आएर कार्यक्रम सफल बनाईदिन अनुरोध गरेका छन्।

गायक तथा नायक प्रशान्त तामांगको बिशेष प्रस्तुति रहेको कार्यक्रममा उनले आफ्नो चर्चित नेपाली तथा हिन्दी गीतहरु प्रस्तुत गर्नेछन्।

स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने कार्यक्रममा साइप्रसमा चर्चित डिजे तथा आयोजक कमिटिका एक सदस्य डिजे जेजेले सांगीतिक कार्यक्रम लगतै आफ्नो डिजे धुनमा दर्शकहरुलाई नचाउनेछन् । साइप्रसको लिमासोलको ब्रिटानिया हलमा आयोजना हुने कार्यकमको आयोजना ब्रिटिश गुर्खा समूह र अकि गाइजलेले गर्दैछ भने नेपालबाट व्यवस्थापन सिल्भर इन्टरटेनमेन्टले गरेको छ।





Comments

comments

Leave a Reply

16131