धरानमा SW फेसन प्यारेड हुँदै

धरान / फेसनको राजधानी भनेर चिनिने धरानमा चार बर्षको अन्तरालमा भब्य फेसन शो आयोजना हुने भएको छ।

गत वर्ष SW फेसन प्यारेड २०७२ आयोजना गरेको भिंटेज इभेन्ट्सको आयोजनामा SW फेसन प्यारेड -२ आगामी फाल्गुन २७ गते धरान १५ स्थित इजी राइडर्स होटलको प्रागनमा आयोजना हुने भएको छ।

गएको बर्ष स्थानीय मोडलहरु र स्थानीय बुटिकको सहभागितामा SW फेसन प्यारेड २०७२को सफल आयोजना पछि भिंटेज इभेन्ट्सले त्यसै इभेन्टको निरन्तरता गर्दै राष्ट्रिय स्तरका र स्थानीय चर्चित मोडलहरु संगै नया मोडलहरुको पनि सहभागिता गराएर भब्य फेसन शो आयोजना गर्ने तयारी गरेको हो।

फाल्गुन दोस्रो हफ्ता नया मोडलहरुको अडिसन आयोजना गरेर ट्रेनिङ समेत दिईने भिंटेज इभेन्ट्सका एस डब्लु लामिछानेले बताए ।नया पुराना गरि १८ देखि २२ जना मोडलहरुको सहभागिता शोमा रहने छ।

लाइट ,साउण्ड तथा स्टेजको कम्बिनेसन मिलाएर पूर्वकै भब्य फेसन शो हुने लामिछाने बताउछन्।

ट्रेडिसनल , मोडर्न ,क्याजुअल ,सारी लगायतको स्थानीय तथा राष्ट्रिय स्तरका चर्चित बुटिकका डिजाइनमा मोडलहरुले र्याम्प नाप्नेछन्।

चार बर्ष अघि धरानमा आयोजना भएको फेशन ट्रेन्ड्स २०१२ र ट्रेन्डसेट्रस पछिको ठूलो फेसन शोको रुपमा आयोजना हुने उक्त शोको इभेन्ट म्यानेजमेन्ट सिल्भर इन्टरटेनमेन्टले गर्नेछ।





Comments

comments

Leave a Reply

16133