पोखराको बाटोमा फोर्स मोटर्सका यात्रुबाहक बस गुड्ने

पोखरा, २२ माघ –
भारतको प्रसिद्घ कम्पनी र्फोस मोटर्स लिमिटेडको आधिकारिक विक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रा.ली. ले पोखरामा ग्राहक भेटघाट तथा चावि हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।

पोखरामा पहिलो पटक ब्यवासायिक प्रयोजनका लागि भित्राइएको फोर्स मोटर्सको ट्राभलर १३ सिटे बसका पहिलो ग्राहकद्धय गोविन्द रानाभाट र भुवन पौडेललाई आयाम इन्टरकन्टिनेन्टलका अध्यक्ष ध्रुबबहादुर थापा तथा फोर्स मोटर्स प्रालि इण्डियाका सहायक बजार प्रबन्धक सुनिल संकले चावी हस्तान्तरण गरेका थिए । सोही दिन भिमाद आराम यातायातका लागि पनि १० वटा बस बुकिङ्ग भएको आयाम पोखराका शाखा प्रबन्धक निरन केसीले जानकारी दिए । पोखरामा ट्याक्सी ब्यवसायी अन्र्तगत उक्त बसहरु गुड्ने छन् । कार्यक्रममा आयाम इन्टरकन्टिनेन्टलका प्रबन्ध निर्देशक राजन लम्सालले धन्यबाद ज्ञापन सहित कम्पनीका बिशेषताका बारेमा बोलेका थिए । कम्पनी सहायक बजार प्रबन्धक सुनिल संकले फोर्स मोटर्सको प्लान्टका बारेमा प्रकाश पारेका थिए । आयाम इन्टरकन्टिनेन्टलका अध्यक्ष ध्रुबबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्राइम अटोटेकका प्रमुख कार्यकारी अधिकृत सुभाष शर्मा लगायतको उपस्थिती रहेको थियो।

आयाम इन्टरकन्टिनेन्टल प्रा.ली. फोर्स मोटर्सको साना हलुका सवारीसाधनको आधिकारीक आयत तथा विक्री कर्ता हो । यसका साथै प्राइम अटो टेक प्रा.ली. काठमाडौले आयात गर्ने र्फोस मोटर्सका बसहरुको गण्डकी र धौलागिरीका लागि आधिकारीक विक्रेता समेत हो । आयाम इन्टरकन्टिनेन्टल प्रा.ली ले सबैभन्दा बढि १४ सिट क्षमता भएको क्रुजर लगायत गामा जिप , कार्गो किङ पिकअप, ट्रम्प फोर्टी डेलिभरी भ्यान जस्ता गाडिहरु विक्री वितरण गदै आईरहेको छ।

नेपालका लागि आधिकारीक विक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रा.ली. को मुख्य कार्यालय गैरीधारा काठमाण्डौ र शाखा कार्यालय बुद्घचोक पोखरामा रहेको छ । यसका सब डिलरहरु , सिद्घार्थ अटो टे«डिङ झापा , के.आर अटोमोवाइल्स विराटनगर , मास ग्लोबल मोट्र्स राजविराज, सिद्घान्त अटोमोवाइल्स जनकपुर, रियान मोर्टस चितवन रहेका छन् । स्मरण रहोस फोर्स मोटर्सको सहयोगमा लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ वि वानले पोखरा, बाग्लुङ तथा काठमाण्डौमा सेवा प्रदान गर्ने गरि ३ वटा एम्बुलेन्स सहयोग गरेको थियो।





Comments

comments

Leave a Reply

16135