सुनिल संगम/ एचकेनेपाल डट कम –
८ फेब्रुअरी, फेब्रुअरीलिस्बन। आफ्नो ब्यवसायको ब्यानर, पोस्टर र भिजिटिङ कार्डमा नेपालको झण्डालाई भारतको झण्डाभित्र राख्दै लिस्बनस्थित एक ट्राभल एजेन्सीले नेपालको अपमान गरेकोमा गैरआवासीय नेपाली संघ पोर्चुगल र नेपाली कन्सुलेट लिस्बनको तर्फबाट चासो ब्यक्त गरेको छ।
हफिज ट्राभलमा पुगेको एक संयुक्त टोलीले संचालकसमक्ष आपात्ति जनाउँदै यस्तो कार्य नगर्न अनुरोध गरेका छन्।
संचालकले भूलबस यस्तो गल्ति भएको स्वीकार गर्दै क्षमा याचना गरेका छन्। अबदेखि यस्तो गल्ति नगर्ने प्रण गर्दै प्रयोजनमा ल्याइएको सम्पूर्ण सामाग्री तुरुन्त हटाउने प्रतिवद्धता जनाएको गैर-आबासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष भीम कसी कमलले बतााए।
छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)