केपी शर्मा ओली किन अमेरिका आउंदैछन्…?

विजय थापा ,वाशिंगटन डिसी । अमेरिकामा चार बर्षअगाडि स्थापना भएको प्रवासी नेपाली मञ्चको अधिवेशनको लागि पूर्व प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका आउने भएका छन्।

प्रमुख अतिथिका रुपमा पूर्व प्रधानमन्त्री ओलीलाई प्रवासी नेपाली मञ्चको दोस्रो अधिवेशनमा निमन्त्रणा गरिएको छ। मार्च ३१ देखि अप्रिल २ सम्म अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा हुने मञ्चको अधिवेशनका लागि ओली आउन भएका छन्।

अमेरिकाको टेक्सास राज्यको ड्यालसमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मञ्चका सभापति थापाले प्रमुख अतिथि पूर्व प्रधानमन्त्री ओलीलगायत अन्य बिशेष व्यक्तिहरु पनि आउने जानकारी दिए।

दोश्रो अधिवेशन तीन दिनसम्म चल्ने अधिवेशनको पहिलो दिन उद्घाटन, दोस्रो दिन बन्दसत्र र तेस्रो दिन नेतृत्व चयनका कार्यक्रमहरु राखिएको जानकारी पत्रकार भेटघाटमा दिइएको छ।

पत्रकार सम्मेलनमा अमेरिकाका ५० राज्यहरु मध्ये २२ राज्यहरुमा प्रवासी नेपाली मञ्चका सदस्यहरु रहेको जानकारी दिइएको थियो भने ।मञ्चका १५ राज्य समिति, चार क्षेत्रीय समिति रहेका समेत बताईएको छ। यसै गरि अधिवेशन तयारीका लागि १३ वटा विभाग गठन गर्नुका साथै १ सय १ सदस्यीय तयारी उपसमिति समेत गठन गरेको छ।

स्थापना कालदेखि नै सामाजिक सेवामा समर्पित संस्थाले समाजमा राम्रो काम गर्दै आएको जग जाहेर छ। मञ्चले समाज सेवा अन्तर्गत भूकम्प पीडितलाई राहत वितरण ,नेपाल मै छात्रवृत्ति दिनेदेखि लिएर अमेरिका आएकाहरुलाई बासको चाजो मिलाई दिने तथा रोजगारी अन्य क्षेत्रमा पनि हर कदम सहयोग गर्दै आएको छ।

कार्यक्रममा वर्तमान अध्यक्ष संजय थापाले दोश्रो पटक नेतृत्वमा नआउने बताए भने साथीहरुलाई तयार रहन सुझाब दिएको बताए। स्थापना कालदेखि राम्रो नेतृत्व प्रदान गर्दै आएका थापाले नेतृत्व नदोहोर्याउने भएपछि वर्तमान महासचिव प्रभुराम थापा नेतृत्वमा जाने प्रवल सम्भावना रहेको बुझिएको छ।

वर्तमान महासचिब थापा अध्यक्ष पदका लागि प्रत्याशी बने भने साथीभाईहरुसंग सर्वसम्मति पनि बन्ने सम्भावना हुन सक्ने छ। थापा प्रष्ट वक्ता हुन् भने डीसी महानगर क्षेत्रमा निकै क्रियाशील रहेका छन्। उनीसंग अनुभव रहनुको साथै बाल्टिमोरस्थित बानाका पूर्व महासचिव तथा हाल बानाका सल्लाहकार समेत रहेका थापा लायन्स क्लब अफ बाल्टिमोर नेप्लिज्का सदस्य प्रमुख समेत छन्।





Comments

comments

Leave a Reply

16193