न्युयोर्कबाट हैटी पुगेर रक्तदान …

एचकेनेपाल डट कम – न्युयोर्क । विश्वव्यापी रूपमा रक्तदान उत्प्रेरणा गराउँदै आएका अर्जुनप्रसाद मैनालीले फेब्रुअरी ७ तारिख हैटीमा १५८ औं पटक रक्तदान गरेका छन्। रक्तदानका लागि मैनाली हैटी गएका थिए।

उत्तर र दक्षिण अमेरिकाबीच रहेको हैटी नेपालभन्दा सानो र जम्मा १ करोड ६ लाख जनसंख्या भएको गरीब देश हो।

हैटीमा वार्षिक १ प्रतिशतभन्दा कमले रगत दिँदा सधैं अभाव भएको छ । त्यहाँ १ लाखमा ३५९ मातृ मृत्‍यु दर रहेको छ । १ लाख २० हजार एड्स पीडित छन्।

हरेक वर्ष एड्सबाट ७ हजार जनाले जीवन गुमाउँछन् । यस्तै जानकारी पाएपछि मैनालीले त्यहाँ गएर एक पोका रगतले एक जनालाई मात्रा भए पनि बचाउन कोशिस गरेका हुन्। रगतदानपश्चात मैनालीले हैटीका माध्यमिक स्तरका विद्यार्थीहरूमा रगतदान गर्न जनचेतना जगाउन हैटी रेडक्रसलाई ५ सय डलर सहयोग गरे।

विश्व भरिमा गत वर्ष ११ करोड २५ लाख व्यक्तिले रगतदान गरेका थिए । धनी देशमा १ हजार जनामा ३३.१ र गरीब देशमा ४.६ ले मात्र रगत दिन्छन् । त्यसैले गरीब देशमा सधैं बिरामीलाई रगतको अभाव भई नै रहन्छ।

जनवरी १२, २०१० मा हैटीमा ७.३ म्याग्निच्युडको भूकम्पले २ लाख २० हजार मानिस मरेका थिए। ३ लाख घाइते र १५ लाख घरबारविहिन भएका थिए । त्यस्तै अक्टोबर २०१६ मा म्याथ्यू नामक हुन्डरीबाट १००० जनाको मृत्‍यु र २ लाख घरमा क्षति पुगेको थियो।





Comments

comments

Leave a Reply

16195