बेलायतका नेपालीहरुले बुद्धजयन्तीको अवसरमा बृहत शान्ति पदयात्रा गर्ने…

लण्डन: सारा संसारलाई करुणाको प्रकाश फैलाउँदै प्रेम र सदभावको बाटो देखाउने भगवान बद्ध जन्मेर ढाईहजार वर्ष नाघि सकेको छ।

साउथईष्ट लण्डनमा बसोबास गर्ने नेपालीहरूले गर्वका साथ यस वर्षको २५६१औ बुद्ध जयन्ती अत्यन्त भव्यताको साथ सम्पन्न गर्ने योजना बनाएका छन्।

गत तीनवर्षदेखि नेपाललाई र बुद्ध भगवानलाई विश्व सामु चिनाउने अभियानमा विशाल शान्ति पदयात्राको र्याली दक्षिणपूर्व क्षेत्रीय तमुधि लण्डनको आयोजनमा संयोजक सुमलकुमार गुरुङको संयोजनमा सम्पन्न गरिँदै आयोको छ।

हाम्रो राष्ट्रियता र अखण्डताका महान प्रतीक भगवान बुद्धको जन्मजयन्ती प्रत्येक वर्षको वैशाख पूर्णिमाको दिन मनाउने गर्दछ । यस वर्ष ०६ मई २०१७को दिन (शनिवार) सो शुभ अवसरको दिन परेको छ।

यो कार्यक्रम मुलग्रेभ प्राईमरी स्कुल हल, वुलविच, एसई१८ ५डिएलको परिसरबाट दिनको ११ बजेदेखि १बजेसम्म शान्ति पदयात्रा सम्पन्न गरिनेछ र १ बजेदेखि ६ बजेसम्म पूजा प्रवचन स्कुलहलमा सम्पन्न गरिनेछ।

संयोजक सुमलकुमार गुरुङका अनुसार पोहोर सालझैं यसवर्ष पनि विभिन्न शान्तिका सन्देशहरू, भगवान बुद्धका दर्शनका महावाणीहरू, बुद्ध भगवानका दर्शन तथा विश्व शान्तिका नाराका साथ शान्ति पदयात्रा सम्पन्न गरिनेछ । विश्वभरी भगवान बुद्ध भारतमा जन्मेका हुन भन्ने भ्रमलाई चिर्नका लागि “बुद्ध नेपालमा जन्मेका थिए” भन्ने प्लेकार्डहरू प्रदर्शन गरेर तथा मिडिया मार्फत यस विषयलाई व्यापकता दिएर प्रकाश पाराँै भन्ने आव्हान सबै नेपालीलाई गरिएको छ।

बेलायतमा बसोबास गर्ने सबै समुदायका नेपालीहरूलाई समेटेर नेपालीत्व र राष्ट्रिय अखण्डता, नेपाली आस्था, पहिचान र परम्परालाई सम्बर्धन गर्दै नेपाली हुनुको गौरव बोध गराउँ भन्ने अनुरोध गर्दछौ। यस कार्यक्रमले विदेशमा बसोबास गर्ने हाम्रो भावी सन्ततीलाई नेपाली हुनुको गौरव महशुस गराओस र अनन्तकालसम्म नेपाली एकताको प्रत्तिक बन्न सकोस भन्ने उद्धेश्य रहेको छ।

यस कार्यक्रममा सबै संस्थाका नेतृत्व तहका व्यक्तित्वहरूले आफ्नो संस्थाबाट कम्तीमा ५० जनाको सहभागिता गराउँदै प्लेकार्डहरू लिएर सहभागी हुन यसै समाचार मार्फत हार्दिक आग्रह गरिन्छ । विशेष गरी सञ्चार जगतका नेपाली सञ्चारकर्मीहरूलाई यस कार्यक्रममा ऐक्यबद्धता जनाएर प्रचार प्रसार गरिदिनका लागि हार्दिक अनुरोध गरिएको छ।





Comments

comments

Leave a Reply

16197