किन फेरि सलबलाउन थाले राजधानीमा गुन्डाहरु…?

प्रहरी नेतृत्व फेरिएसँगै काठमाडौंका गुन्डा सलवलाउन थालेका छन्।

प्रहरी मुठभेडमा २ गुन्डा नाइके मारिएपछि गुमनामजस्तै रहेका गुन्डाहरु सक्रिय भएका हुन्।

गुन्डानाइके चरी र घैंटे मारिएपछि डरले भागेका गुन्डा नाइके हाल आपसमै भिड्न थालेका छन् । काठमाडौमा शुक्रबार सुरक्षित र संवेदनशिल मानिएको दरबारमार्गमा काभ्रेली समूह र राम गिरी समूहवीच भिडन्त भएको खबर नागरिक दैनिकले छापेको छ।

गिरीसँग रिसइबी फेर्न मौका पर्खेका दावा भनिने जितेन्द्र लामा नेतृत्वमा रहेको समूहले आक्रमण गरेको हो। कुनै समय ठमेलमा आधार क्षेत्र बनाएर रात्रीकालिन व्यवसायको ठूलो भाग ओगटेको काभ्रेली समुहलाई गिरीले पन्छ्याउँदै गएका थिए।

प्रहरी प्रशासनसँग नजिकको सम्बन्ध बनाएका गिरीको रात्रीकालिन व्यवसायमा केही प्रहरी अधिकारीको लगानी रहेको चर्चा हुने गरेको छ। दरबारमार्गको झडपमा गिरी घाइते भएको र लामा तथा उनका सहयोगी प्रवीण खड्का पक्राउ परेको प्रहरीले जनाएको छ।





Comments

comments

Leave a Reply

16208