Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

यस्ती छिन् ड्रिमगर्ल अस्मिता…

नवराज पोखरेल –
फागुन ५, कैलाली जिल्लाको लम्कीमा २०५३ सालमा जन्मिएकी अस्मिता लामिछाने पढाईको शिलशिलामा राजधानी प्रबेश गरि बर्षौंदेखि मोडलिङ् र अभिनय क्षेत्रमा संघर्षरत मोडल हुन्।

केही स्टेज कार्यक्रममा डान्स गर्दा गर्दै पछिल्लो समयमा थुप्रै म्युजिक भिडियो तथा थियटरको नाटकबाट थुप्रै दर्शकको मन जितेर आफूलाई अब्बल कलाकारको उपनाम पाउन सफल अस्मिता फोटो सुटमा पनि उतिक्कै सक्रिय छिन्।

उमेरले भर्खरै २० औ बसन्त टेकेकी अस्मिता भविष्यमा सफल नायिका बन्ने अभिलाषा बोकेर कलाकारिता क्षेत्रमा प्रवेश गरेकी बताउँछिन् । ५.२ हाइट भएकी मोडल सुदरतामा कुनै कमी छैन।

स्लिम फिगर र सुन्दर लुक्स नै उनको विशेषता हो । राम्रो नृत्य अभिनय र लेखनमा प्रखर रुचि राख्ने लामिछाने कडा मिहनेत र निरन्तरताले नै सफलता प्राप्ति हुने कुरामा आफू बिश्वास राख्ने बताउछिन् कथावस्तुले मागेको सभ्य सिन दिन आफू तयार रहेको बताउने लामिछाने कथाले माग्यो भन्दैमा आफ्नो घर परिवार र समाजाको पनि ख्याल गर्नुपर्ने बताईन् । सेक्सको बारेमा सोधिएको प्रश्नमा सटिक उत्तर दिदै सेक्स एउटा फिजिकल्ली र साइकोलोजी नेचुरल निड हो यो सबै सजिब प्राणीको लागि आबश्यक प्राकृतिक नियम हो।

अहिलेसम्म प्रेम सम्बन्धमा नरहेको र आफू अहिले आफ्नो अध्ययनमा नै केन्दत रहेको यही बिषयमा आफूले अहिले केही नसोचेको बताउछिन मोडल लामिछाने। एक सफल कलाकार बनेर चिनिन चाहाने लक्ष्यका साथ कलाकारिता क्षेत्रमा लागेको बताउने अस्मिता अन्य क्षेत्र जस्तै कलाकारिता क्षेत्रमा पनि संघर्ष र कडा मिहनेत गर्नु पर्ने अनुभव संगालेकी छिन्।

उनै अस्मिताद्वारा अभिनित नया म्युजिक भिडियो छिट्टै बजारमा आउने तयारीमा छ। आफू ड्रिमगर्लको रुपमा प्रस्तुत भएको र आफू निक्कै नै आशावादी रहेको प्रोजेक्ट आफ्नो अघिल्ला भिडियोहरु जस्तै गरि हेरेर माया गरिदुनु हुन सुन्दरी मोडलले सबैलाई अनुरोध गरेकी छन्।





Comments

comments

Leave a Reply

16269