राप्रपाद्वारा हिन्दू राष्ट्र र राजसंस्थासहितको लोकतन्त्र पारित …

काठमाडौं, ८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीले विधानको प्रस्तावनामै सनातन धर्मसापेक्ष हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थासहितको लोकतन्त्रको नीति राख्ने भएको छ। पार्टीको जारी एकता महाधिवेशनको बन्द सत्रबाट यस्तो व्यवस्था पारित भएको हो।

उपाध्यक्ष तथा विधान संशोधन समितिका संयोजक बुद्धिमान तामाङले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावलाई पारित गर्दै बन्दसत्रले सो नीति अख्तियारी गरेको हो।

पारित प्रस्तावमा एक अध्यक्षसहित १ सय ६३ सदस्यीय केन्द्रीय समिति गठन हुने उल्लेख छ । सोही प्रस्तावअन्तर्गत अध्यक्षको नेतृत्वमा केन्द्रीय सदस्यमध्येबाट २७ जनाको पदाधिकारी छनोट गर्नका लागि सिफारिस गरिने उल्लेख छ।

पारित विधानअनुसार अब राप्रपामा पाँच उपाध्यक्ष, चार महामन्त्री, पाँच सहमहामन्त्री, सात सहायक महामन्त्री, दुई प्रवक्ता, दुई सहायक प्रवक्ता, एक कोषाध्यक्ष, एक सहायक कोषाध्यक्ष गरी २७ जना पदाधिकारी रहने प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए।

प्रवक्ता श्रेष्ठका अनुसार आर्थिक कार्यपत्र तथा राजनीतिक कार्यपत्रमाथिको छलफल भने आइतबार पनि जारी रहनेछ । सहभागीहरूलाई धारणा राख्न तीन–तीन मिनेटको समय दिइएको छ । जसमा सहभागीहरूले आफ्नो धारणा राखिरहेका छन्। राजधानी दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

16287