Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

हङकङमा दुई नेपाली चेलीलाई अर्को सफलता, मीरा राईकै पदचापमा…

फोटो सौजन्यः अमोद राई / एचकेनेपाल डट कम

अन्तर्राष्ट्रिय छवि बनाउँदै गरेकी म्याराथुन धावक सुनमाया बुढा र पूर्णालक्ष्मी न्यौपानेले चीनको हङ्कङमा भएको दौड प्रतियोगितामा फेरि अर्को सफलता हासिल गर्नुभएको छ।

चीनमा सम्पन्न भएको ५० किलोमिटरको एमएसआइजी एचके ५० किलोमिटर साइकुङ हङकङ दौड प्रतियोगिताको १८ देखि ३९ वर्षको उमेर समूहमा सुनमायाले प्रथम स्थान हासिल गर्नुभएको हो।

यसैगरी चीनका यान फ्रेङ द्धितीय र नेपालकै पूर्णालक्ष्मी न्यौपानेले तृतीय स्थान हासिल गर्न सफल भएको कर्णाली स्पोर्ट क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिनुभयो । प्रतियोगितामा सुनमायाले सात घन्टा २५ मिनेट २६ सेकेन्ड र पूर्णालक्ष्मीले सात घन्टा ५३ मिनेट ४७ सेकेन्डमा तोकिएको दूरी पार गरेको उहाँले बताउनुभयो।

यसैगरी सम्पूर्ण महिला तर्फबाट चीनको यान फ्रेङ प्रथम, सुनमाया द्धितीय र पूर्णालक्ष्मी न्यौपानेले चौथो स्थान प्राप्त गर्नुभएको छ । आफ्नो उमेर समूहमा प्रथम नेपाली म्याराथुन धावक सुनमायाले आठ हजार ५०० र पूर्णालक्ष्मीले चार हजार हङ्कङ डलर नगद पुरस्कार पाउनु भयो । यस प्रतियोगिताले फेरि पनि नेपाल र जुम्ला कर्णालीको नाम विश्वमा उचालिएको छ।

हिम चितुवाका नामले चिनिने म्याराथुन धावक हरिबहादुर रोकायाका उदाउँदा प्रशिक्षार्थी सुनमायाले नेपालको नाम अन्तर्राष्ट्रियस्तरमा चिनाउने अर्को अवसर पाउँदा खुसीको सीमा नरहेको बताउनुभयो।

यसअघि हङ्कङमै सम्पन्न भएको म्याराथुन दौड प्रतियोगितामा सुनमाया र पूर्णालक्ष्मीले एसियन स्काई म्याराथुन दौड प्रतियोगितामा प्रथम र द्धितीय स्थान हासिल गर्नुभएको थियो।

दौडमा अन्तर्राष्ट्रिय छवि निर्माण गरिरहेका सुनमाया बुढा र पूर्णालक्ष्मीले बिदाइका क्रममा नेपालका लागि जुम्ली चेलीका हैसियतले अन्तर्राष्ट्रिय दौडमा सहभागी भएर प्रतियोगितामा पनि आफूले सानदार जित हासिल गर्ने बताउनुभयो । सुनमाया र पूर्णालक्ष्मीले फागुन ७ गते खेलमा सहभागी हुने अवसर पाएका थिए। (रासस)





Comments

comments

Leave a Reply

16293