Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अनसनरत नन्दप्रसादको निधन

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ७ असोज। छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै अमरण अनशनमा बसेका गोरखा फुजेलका नन्दप्रसाद अधिकारीको बीर अस्पतालमा निधन भएको छ।

३३२ दिनदेखि अमरण अनसनरत बसेका अधिकारीको सोमवार साँझ निधन भएको हो। उनीसंगै उनका पत्नी पनि अनसनरत छिन्। कृष्णप्रसादलाई द्वन्दकालमा माओवादीले अपहरण गरी हत्या गरेको थियो। छोराको हत्यारालाई कारवाही नगरेसम्म अनसन नतोड्ने प्रतिवद्धतामा अडिग थिए उनी। खाना खान नमानेपछि उनलाई वीर अस्पतालको सघन उपचार कक्ष (आईसियू) मा राखिएको थियो। विहीवार बिहान अचेत भएका अधिकारीको सोमवार साँझ निधन भएको हो। उनकी पत्नी गंगामायाको अवस्था पनि गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ।





Comments

comments

1640